भृकुटीमण्डपमा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ सुरु (तस्बिरहरू)

काठमाडौँ । आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

बिहीबारदेखि नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘चेम्बर एक्स्पो २०२५’ सुरु भएको हो ।

चेम्बर मेलामा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गरेको हो ।

विगतमा झैँ यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरू, हस्तकला, लत्ता कपडाका सामानहरू, Automobile, Electronics, HomeAppliances, logistics, Textile, Furniture, Garments, Leather Goods, Jwellery Items, cosmetics, food and dairy products आदी सामग्रीहरू प्रदर्शनीका लागि राखिएका छन् ।

चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरूमा उत्पादित बस्तुहरूको प्रदर्शनी र व्यवसायीहरूले सहभागिता जनाएका छन् ।

उक्त एक्स्पोमा स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरू एक्स्पोमा राखिएका छन् । ५ दिन सम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले जानकारी दिए ।      

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *