नेदरल्याण्ड्सले नेपाललाई दियो विशाल लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५७ रन जोड्यो ।

नेदरल्याण्ड्सका लागि रोबिन रिजकेले सर्वाधिक ५९ रन बनाइन् । स्टेरे कलिसले २९ रन बनाइन् ।

हेदर सिजर्सले २३ रनको योगदान दिइन् । आइरिस ३१ रनमा नटआउट रहिन् । बाबेट डे लीडेले ६ रन जोडिन् ।

फेबे मोल्केनबोयर शून्य रनमा आउट भइन् । नेपालले अतिरिक्त ९ रन दिएको थियो ।

नेपालका लागि कविता कुँवर, पूजा महतो, इश्वरी विष्ट र सिता रानामगरले समान १–१ विकेट लिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *