‘एक्टर : टेक वन’ विरुद्धको मुद्दा फिर्ता लिने सहमति, अब कहिले हुन्छ रिलिज ?

काठमाडौँ । चलचित्र ‘एक्टर’ र ‘एक्टर : टेक वन’का निर्माताहरूबिच सहमति भएको छ ।

बिहीबार दिउँसो दुई निर्माताबिच नाम र कथावस्तुलाई लिएर चलिरहेको विवाद टुङ्ग्याउने सहमति भएको हो ।

दुवै फिल्मका निर्माताबिच लिखित समझदारी भएको ‘एक्टर : टेक वन’का निर्माता मोती कार्कीले जानकारी दिए ।

उनका अनुसार ‘एक्टर’का निर्माताले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने बताएका छन् ।

यसका लागि ‘एक्टर’का तर्फबाट नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका सम्राट थापा र ‘एक्टर : टेक वन’ निर्माता कम्पनी अदृत फिल्म्स प्रालिको तर्फबाट थमनकुमार भण्डारी र अ मोती फिल्म्सको तर्फबाट मोती कार्कीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

अदालतको आदेशसँगै ‘एक्टर : टेक वन’ अब प्रदर्शनमा आउने भएको छ ।  तर आज या भोलि रिलिज हुन्छ भन्नेबारे केही बेरमा निर्णय हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *