नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित


काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।
जितका लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन मात्रै जोड्न सक्यो ।
नेपालका लागि सिता राना मगरले सर्वाधिक २८ रन जोडिन् । पूजा महतोले आक्रामक २४ रन जोडिन् ।
कविता जोशीले २७ रनको योगदान दिइन् । रुविना क्षेत्रीले ११ रन बनाइन् ।
यस्तै सम्झना खड्काले ९, इन्दु बर्माले ७, कविता कुँवरले ८, विन्दु रावलले ३ र एलिशा कुमारी यादवले ४ रनको योगदान दिइन् ।
नेदरल्याण्ड्सका लागि क्यारोलिन डे लैङ्ग र इभा लिन्चले समान २–२ विकेट लिइन् । आइरिस र फ्रेडरिक ओभरडिकले समान १–१ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५७ रन जोड्यो ।
नेदरल्याण्ड्सका लागि रोबिन रिजकेले सर्वाधिक ५९ रन बनाइन् । स्टेरे कलिसले २९ रन बनाइन् ।
हेदर सिजर्सले २३ रनको योगदान दिइन् । आइरिस ३१ रनमा नटआउट रहिन् । बाबेट डे लीडेले ६ रन जोडिन् ।
फेबे मोल्केनबोयर शून्य रनमा आउट भइन् । नेपालले अतिरिक्त ९ रन दिएको थियो ।
नेपालका लागि कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सिता राना मगरले समान १–१ विकेट लिइन् ।
