अर्थतन्त्रका समस्यालाई सरकारले किस्ता-किस्तामा समाधान गरिरहेको छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरुलाई किस्ता–किस्तामा समाधान गरी रहेको दाबी गरेका छन् ।

नेपाल चार्टर्स एकाउन्टेन्ट्स संस्था(आइकन)को २८ औं वार्षिकोत्सव समारोह बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सरकारले किस्ताकिस्तामा समाधान गर्न चाहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउँदै मुलुकमा लगानी,उत्पादन,रोजगारीलाई अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षित गर्नका निम्ति प्रयास गरिरहेको बताए । उनले सरकारले आर्थिक क्रियाकलापलाई डिजिटल प्रविधिमा सम्पूर्ण रुपमा निर्भर रहनसक्ने गरी आत्मासाथ गरे पनि वर्तमान नयाँ टेक्नोलोजीका हिसाबले अगाडि बढ्न भने नसकेको बताए ।

उनले कर प्रणालीमा सरकारले चाहेको जस्तो सुधार गर्न अझै नसकेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सहरुले सुधारको लागि आवश्यक सहयोग गर्न आग्रह गरे । उनले कुनैपनि व्यवसायीहरुले कर छल्न नसक्ने खालको कानून बनाउन नसकिएको बताए ।

उनले कर प्रणालीमा सुधार गर्न गरी राजश्वको उच्च वृद्धिको लागि सरकारसँग सहकार्यको माग गर्न आग्रह गरे । उनले सरकारले विदेशी लगानी प्रवद्र्धन र लगानीमैत्री वातावरण बनाउने कोशिस गरिरहेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सले थप भूमिका खेल्न आवश्यक रहेको बताए ।

उनले नेपाल चार्टर्स एकाउन्टेन्ट्सले जस्तो सस्था छ रिर्पोट पनि त्यस्तै दिन आवश्यक रहेको बताए । उनले नेपालको पुँजीबजारलाई दिगो भरपर्दा र विश्वानिय ढङ्गले अगाडि बढाउनका लागि कुनै पनि प्रकारका चिटिङहरुलाई प्रवेश हुन नदिनका लागि भुमिका खेल्न नेपाल चार्टर्स एकाउन्टेण्ट्सहरुलाई आग्रह गरे ।

उनले भने,‘कर प्रणालीमा सरकारले चाहेको जस्तो सुधार गर्न सकेको छैन । कर छलीका काम भइरहेको छ । कुनैपनि व्यवसायीहरुले कर छल्न नसक्ने खालको कानून बनाउन सकिएको छैन । कर छल्न कुनै पनि कर्मचारीलाई सघाउन नसक्ने र औचित्यमा आधारित स्थापित गर्ने सन्र्दभमा सरकारले धेरै काम गर्न बाँकी छ । कर प्रणालीमा सुधार गर्न गरी राजश्वको उच्च वृद्धिको लागि सरकारसँग सहकार्यको माग गर्न चाहन्छु । सरकारले मुलुकमा स्वदेशी तथा विदेशी लगानीको वातारणका कुरा गरेका छौं । विदेशी लगानी प्रवद्र्धन र लगानी मैत्री वातावरणका कुरा गर्दा सबैभन्दा पहिला सम्पर्क हुने संस्था आईक्यान हो ।यहाँहरुको अध्ययन रिर्पोटका आधारमा लगानीकर्ताहरु आउँछन् । लगानी मैत्री वातावरण बन्ने गरी अध्ययन गरी रिर्पोट बनाउन आग्रह गर्दछु । कतिपय सस्थाहरु राम्रा हुन्छन् तर रिर्पोट राम्रो हुँदैन भने रिर्पोट राम्रो भएका संस्थाहरु राम्रा हुँदैनन् । त्यस्तो खालको मिसम्याचको स्थिति नहोस् । जस्तो सस्था छ रिर्पोट पनि त्यस्तै होस् । पुँजीबजारलाई दिगो भरपर्दा र विश्वानिय ढङ्गले अगाडि बढाउनका लागि कुनै पनि प्रकारका चिटिङहरुलाई प्रवेश हुन नदिनका लागि भूमिका खेल्न सक्नुहुन्छ । त्यस तर्फ पनि सहयोगको अपेक्षा गर्दछु । आर्थिक कारोबारलाई सरकारले डिजिटल रुपमा व्यवस्थित गर्दै गएको छ । सरकारले आर्थिक क्रियाकलापलाई डिजिटल प्रविधिमा सम्पूर्ण रुपमा निर्भर रहन सक्ने गरी आत्मासाथ गर्न सक्ने हिसाबले अगाडि बढ्न सकेको छैन । पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सरकारले किस्ताकिस्तामा समाधान गर्न चाहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन चाहेको छ । लगानी,उत्पादन,रोजगारीलाई अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षित गर्नका निम्ति प्रयास गरिरहेको छ ।

उनले सुशासन र सेवालाई प्रभावकारी बनाउँदै कार्यान्वयनको लागि सरकारले एकैपटक २९ वटा कानूनलाई अध्यादेशमार्फत ल्याएको बताए । उनले आर्थिक गतिविधि चलायमान र लगानीमैत्री वातावरणको लागि अध्यादेश ल्याएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *