खबर दिनभर : विपक्षीले सरकारका गलत कामको भण्डाफोर गर्ने,सभापति कपको उपाधि संकटालाई

सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्‍याउन चाहेका छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्‍याउन चाहेको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन र अर्को वर्षबाट हामी २०२६ बाटै अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्‍याउन चाहन्छौँ । तर हाम्रो आयस्तर न्युन अवस्थामा छ । यस अवस्थालाई हामीले फेर्नु छ । हामी सबै यस कुरामा जुट्नुपरेको छ’ उनले भने ।

उनले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको बताए ।उनले नेपालले तिब्रताका साथ विकासका कामहरुअघि बढाइरहेको उल्लेख गर्दै आइटीइ क्षेत्रमा पनि उल्लेख्य रुपमा अघि बढिरहेको बताए ।

उनले केही समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको बताए ।

अध्यादेशलाई अस्वीकार गर्छौं, जनताका आवाज उठाउँछौँ : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले शुक्रवार सुरु हुने संसदको हिउँदे अधिवेशनमा अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले ल्याएको अध्यादेश आवश्यक नरहेको र सरकारले छिटो भन्दा छिटो जनतालाई डेलिभरी दिने भनेर ल्याएको विधेयकको विधि र प्रक्रिया नमिलेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनले सरकारले ल्याएको ६ वटा अध्यादेश प्रक्रियागत हिसावमा नै बेठिक रहेको बताए । मूल्यवृद्धि बढेको र सरकार बन्दा भनेका कुराहरू लागू गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष छ ।

उनले भने ‘संसदको हिउँदे अधिवेशनलाई व्यवस्थित, प्रभावकारी कसरी बनाउने र हाम्रो दल अहिले प्रमुख प्रतिपक्ष दल भएकाले दुई वटा जिम्मेवारी छन् । हाम्रो दुई वटा जिम्मेवारी छ । आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाज उठाउने रु अन्य विपक्षी दललाई लिएर हाम्रा मत एकता हुनसक्ने विषयमा सामूहिक रुपमा आवाजलाई घनिभूत ढंगले बुलन्द गर्ने र यी दुवै जिम्मेवारी व्यवस्थित गर्न लामो छलफल भएको छ ।’

माओवादी केन्द्रले जनजीविकाका कुराहरू उठाएर सशक्त रुपमा सदनमा प्रस्तुत हुने निर्णय भएको बताए ।

अध्यादेशको विरोध गर्ने नेकपा एसको निर्णय

नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका हुन् । उनले सरकारले मुठीभर व्यक्ति र व्यवसायीहरूको लागि सरकारले काम गरिएको भन्दै त्यसको विरोधमा संर्घषका कार्यक्रमहरू गर्ने तयारी गरेको बताए ।

उनले सरकारले अध्यादेशमार्फत कालोबजार ऐनलाई तोडमोड गरी २० प्रतिशत भन्दा बढी नाफा खान नपाउने ऐन खारेज गरेको बताए । उनले सरकारकै कारण बजारमा सिमेन्ट लगायत अन्य वस्तुहरूको मूल्यवृद्धि भएको उल्लेख गरे ।

उनले भने ‘सरकारले ल्याएको अध्यादेश जस्तो देखिन्छ । तर कालोबजार ऐनलाई तोडमोडल गर्‍यो। २० प्रतिशत भन्दा बढी नाफा खान नपाउने ऐन खारेज गर्ने बित्तिकै बजारमा सिमेन्टको मूल्य उच्च रुपमा बढेको छ । मुठीभर व्यक्ति र व्यवसायीहरूको लागि सरकार लागि परेको हुनाले त्यसको विरुद्धमा पार्टी जानुपर्छ भनेर लागेको छ । भूमिहीन किसानलाई घरवासको व्यवस्था गर्नुपर्छ भनेर संविधानले व्यवस्था गरेको छ । संरक्षित क्षेत्रका जमिनहरू समेत सरकारको नाममा ल्याएर त्यो जग्गालाई व्यक्ति , समूह र उद्योगलाई दिने खेल भएको छ । गिरीबन्धु जस्ता जग्गालाई वैद्य बनाउने कामको विरोध गर्नेछौँ ।’

उनले नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारले ल्याएको अध्यादेशको सदन र सडक दुवैबाट विरोध जनाउने निर्णय भएको पनि बताए । उनले सरकारले संरक्षित क्षेत्रका जमिनहरू समेत सरकारको नाममा ल्याएर त्यो जग्गालाई व्यक्ति, समूह र उद्योगलाई दिने र गिरीबन्धु जस्ता जग्गालाई वैध बनाउने कामको विरोध गर्ने निर्णय भएको उल्लेख गरे ।

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रियसभाबाट दर्ता भएको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिन सरकारसँग माग गरेको छ । रास्वपाले बिहीबार विज्ञप्ति जारी सरकारद्वारा राष्ट्रियसभामा दर्ता गरिएको उक्त विधेयक सार्वजनिक छलफलबाट प्राप्त धारणासमेत समेटेर ल्याउन सुझाव दिँदै तत्काल फिर्ता लिन आग्रह गरेको हो ।

“सरकारले यस विधेयकलाई अविलम्ब फिर्ता लिइ यसका प्रत्यक्ष र परोक्ष सरोकारवालासँगको परामर्श तथा संवैधानिक मूल्य मान्यताअनुरूप पुनर्लेखन गर्न आग्रह गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

यस विधेयकले संविधानले प्रत्याभूत गरेका मौलिक हक तथा नागरिक स्वतन्त्रता कुण्ठित गर्ने भन्दै रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

“विधेयकका प्रावधानहरूले स्पष्ट रूपमा वाक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, आलोचनात्मक अभिव्यक्तिलाई दण्डनीय बनाउने र नागरिक अधिकारमाथि नियन्त्रण लगाउने अलोकतान्त्रिक अभिष्ट प्रकट गरेका छन्”, विज्ञप्तिमा भनिएको छ, “त्यसैले बद्नियत नराखी, सार्वजनिक छलफलबाट प्राप्त धारणा समेतलाई समेटेर संविधानले प्रत्याभूत गरेका मौलिक हक तथा नागरिक स्वतन्त्रता कुण्ठित हुन नहुनेगरी विधेयक ल्याइनुपर्दछ ।”

वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : डा.शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन नहुने बताएका छन् ।

पेशागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा आज विराटनगरमा आयोजित ‘संविधान संशोधन र चुनौती’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नेता डा.कोइरालाले मुख्यरुपमा संविधान संशोधन, आर्थिक विकास र मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने उद्देश्य पूरा गर्ने समयसम्म सरकार रहने प्रष्ट पारे ।

नेता डा.कोइरालाले प्रतिपक्षी दलसँग वार्ता एवं छलफल गरी सहमतिका आधामा संविधान संशोधन गरेमा सबैको अपनत्व कायम हुने सुझाव दिए ।

उनले प्रतिनिधिसभाको निर्वाचनमा समावेशीतालाई कायम राखी प्रत्यक्ष निर्वाचन गराएमा निर्वाचनको समस्या समाधान हुनुका साथै राजनैतिक स्थिरता कायम हुने बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले जनतामाझ छलफल गरी संविधान संशोधन गर्न सुझाव दिए । पूर्वमुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानीबाट ल्याएको सङ्घीयतालाई कार्यान्यवन गर्नु हामी सबैको कर्तव्य रहेको बताए ।

संविधानविद् वरिष्ठ अधिवक्ता डा।भीमार्जुन आचार्यले भाषाको शुद्धाशुद्धि, अवधारणको त्रुटि र संविधानको अन्तरवस्तु संशोधन गर्नु आवश्यक भएको सुझाव दिए । उनले राष्ट्रपति पद राजनीतिक नभएको भन्दै न्यायालय स्वतन्त्र भएमा लोकतन्त्र वलियो हुने धारणा राखे ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं वुद्धिजीवी विभागकी प्रमुख डा डिला सङ्ग्रौलाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र आर्थिक समृद्धि ल्याउन संविधान संशोधन आवश्यक भएको विचार राखे ।

लयर्स एशोसिएशनका अध्यक्ष सीताराम केसीले भ्रष्टाचार अन्त्य र मुलुकमा सुशासन कायम गर्न संविधान संशोधन आजको आवश्यकता भएको बताए ।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू र विभागका प्रदेश अध्यक्ष राम थापाले मानव विकासका लागि संशोधन गर्नुपर्ने सुझाव दिए । वरिष्ठ अधिवक्ता भरतबहादुर थापाले संविधान संशोधनका विषयबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर ल्याउँछौँ : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद् र सञ्चारक्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताएका छन् ।

प्रेस चौतारी नेपाल ललितपुरको आज छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउनकै लागि सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याउन लागिएको जानकारी बताए ।

उनले सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नुपर्ने बताए । तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेजस्ता कार्यलाई स्वीकार्न नसकिने उनको भनाइ छ ।

कार्यवाहक महासचिव ज्ञवालीले आफ्नो पार्टी सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउने बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राई, महासचिव हिरामान लामालगायतले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने नाममा प्रेस स्वतन्त्रता हनन गर्न नहुने बताए ।

अधिवेशनले नवीन लुईंटेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा नेपाल प्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेल र सञ्चारकर्मी विष्णु कल्पितलाई प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

ल्होछारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ बनाउँछ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार पर्वले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने बताएका छन् ।

तामाङ समुदायको सोनाम ल्होछारलगायतको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले यस्ता चाडपर्वले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति, सामाजिक न्याय, दिगो विकास र आर्थिक समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

उनले श्रम संस्कृतिमा आधारित प्रकृति पूजकको पर्वका रूपमा परिचित ल्होछारमा विभिन्न मिष्ठान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिएको स्मरण गरेका छन् ।

शुभकामना सन्देशमा उनले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गरेका छन् ।

सोनाम ल्होसार तामाङ जातिको मात्र नभई राष्ट्रिय पर्व हो : मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सोनाम ल्होसार तामाङ जातीको मात्र नभई राष्ट्रिय पर्व भएको बताएका छन् ।

ल्होसार तथा तामाङ समुदायको नयाँ वर्षको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् ।

उनले ल्होसार पर्व बिस्तारै अन्तर्राष्ट्रिय रुपमा समेत फैलिँदै गएको बताए । उनले ल्होसार एउटा पर्व र मनोरञ्जनको उत्सव मात्र नभई तामाङ जातीको संस्कृतिको संस्कृति र आन्दोलनको प्रतिबिम्ब भएको समेत बताए ।

ल्होसार पर्वले तामाङ सभ्यता र सांस्कृतिक पहिचान तथा अस्तित्व समेत बोकेको उनको भनाइ छ । उनले मौलिक एवं परम्परागत चाडपर्वहरूको संरक्षण गर्न जरुरी रहेको समेत बताए ।

उनले भने ‘ल्होसार पर्व तामाङ जातीको मात्र नभई यो नेपालको एक राष्ट्रिय पर्व हो । यो पर्व राष्ट्रिय नभई अन्तर्राष्ट्रिय पर्व पनि हो । विभिन्न देशहरूले यो पर्व मान्दै आएका छन् । नेपाल लगायत विश्वका धेरै देशहरूमा ल्होसारलाई प्रमुख चाडका रुपमा मनाउने गरिन्छ । ल्हो तामाङ परम्परा र संस्कृतिको एक अभिन्न अंग हो । ल्होसारको परिभाषा पर्व र मनोरञ्जनमा मात्र सीमित छैन । यसले तामाङ जातीको संस्कृति र आन्दोलनलाई प्रतिविम्ब गर्दछ । ल्होसार पर्वले तामाङ जातीको उद्गम सभ्यता र सांस्कृतिक पहिचान र अस्तित्वलाई समेत बोकेको छ ।’

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ सरकार मुलुकलाई उज्यालो अभियानमा लागिरहेको बताए । उनले लगानीको अभावका कारण बत्ती बाल्न नपाएका घरधुरीहरूमा २० दिनभित्र बिजुली पुर्याइदिने दाबी गरे । उनले पाँचर१० लाख रुपैयाँको अभावले विद्युतको पहुँचभन्दा टाढा रहेका नागरिक सम्पर्कमा आए २० दिनभित्र विद्युत् व्यवस्था गरिदिने बताए ।

उनले भने ‘तामाङ वा अन्य कुनैपनि समुदायमा देशमा पाँच दश लाख लागत लाग्ने हुँदा बत्ती बाल्न नपाएका दुईतीन घरहरू छन् भने मलाई खबर गर्नुस् । हामी २० दिनभित्रमा घरमा बत्ती बल्ने व्यवस्था गरिदिन्छौं । काभ्रेमा एक ठाउँमा ३२ वटा घर भएको ठाउँमा बत्तिको व्यवस्था छैन रे । सुकुम्वासी वस्तिमा बत्तिको व्यवस्था छैन भन्ने सुनेको छु । त्यसबारे तपाई खोजी गरेर ल्याउनुस् २० दिनभित्रमा त्यहाँ बत्ती बाल्ने व्यवस्था गर्दिन्छु ।’

तामाङ समुदायले सोनाम ल्होसारलाई नयाँ पर्वको रुपमा धूमधामसँग मनाउने चलन रही आएको छ ।

सुनको मूल्यमा गिरावट

नेपाली बजारमा सुनको मूल्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बिहीबार० सुन तोलामा सय रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १ हजार ८ सय ८५ रुपैयाँ छ । अघिल्लो दिन बुधबार १ हजार ८ सय ५५ मा कारोबार भएको थियो ।

सभापति कप फुटबलको उपाधि संकटालाई

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई हराउँदै संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको फाइनल खेलमा संकटा एफसीले आयोजक टिमलाई सडनडेथमा ४(३ ले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो । आयोजक टिमका गोलकिपर विशेकले संकटाको सुरुवाती दुई पेनाल्टी प्रहार बचाउँदै सानदार सुरुवात गरेपनि संकटाका लागि लक्षु थापा, साम कार्लोस, दिप कार्की र सुनिल खड्काले गोल गरे ।

संकटाका गोलकिपर दिप कार्कीले बागमतीका कुलदिप कार्की र गौरव श्रेष्ठको प्रहार बचाएका थिए । बागमतीका रजत तिवारीको प्रहार पोष्ट भन्दा बाहिर गएको थियो । प्रतियोगिताको विजेताले नगद २६ लाख तथा उप विजेताले १३ लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सङ्कटाका कप्तान दीप कार्की घोषित भए । उनले उपाधिसहित रु ७५ हजार पुरस्कार प्राप्त गरे ।

त्यसैगरी प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि भने बागमतीका सन्दीप कार्कीले पाए । उनले रु २५ हजार प्राप्त गरे । उत्कृष्ट गोल रक्षक बागमतीका विकेश कुथु घोषित भए ।

विजेताहरुलाई नेपाली कांगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबाहदुर देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतले पुरस्कार प्रदान गरे ।

नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित

त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

जितका लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि सिता राना मगरले सर्वाधिक २८ रन जोडिन् । पूजा महतोले आक्रामक २४ रन जोडिन् ।

कविता जोशीले २७ रनको योगदान दिइन् । रुविना क्षेत्रीले ११ रन बनाइन् ।

यस्तै सम्झना खड्काले ९, इन्दु बर्माले ७, कविता कुँवरले ८, विन्दु रावलले ३ र एलिशा कुमारी यादवले ४ रनको योगदान दिइन् ।

नेदरल्याण्ड्सका लागि क्यारोलिन डे लैङ्ग र इभा लिन्चले समान २–२ विकेट लिइन् । आइरिस र फ्रेडरिक ओभरडिकले समान १–१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५७ रन जोड्यो ।

नेदरल्याण्ड्सका लागि रोबिन रिजकेले सर्वाधिक ५९ रन बनाइन् । स्टेरे कलिसले २९ रन बनाइन् ।

हेदर सिजर्सले २३ रनको योगदान दिइन् । आइरिस ३१ रनमा नटआउट रहिन् । बाबेट डे लीडेले ६ रन जोडिन् ।

फेबे मोल्केनबोयर शून्य रनमा आउट भइन् । नेपालले अतिरिक्त ९ रन दिएको थियो ।

नेपालका लागि कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सिता राना मगरले समान १–१ विकेट लिइन् ।

नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक

नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर बिहीबार एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण ९स्पेस वाक० गरेका छन् ।

कमान्डर सुनी विलियम्स र बुच विलमोर मर्मत कार्य गर्न र पृथ्वीबाट प्रक्षेपण भएर भेन्टहरूबाट बाहिर निस्किएका कुनै सूक्ष्मजीवहरू अझै जीवित छन् कि भनेर स्टेशनको बाहिरी भाग सफा गर्न बाहिर निस्किएका हुन् ।

“अब हामी जान्छौँ”, विलमोरले स्पेनबाट २६० माइल (४२० किलोमिटर) माथि निस्किँदा भने । गत जुनमा अन्तरिक्ष स्टेसनमा आइपुगेपछि यो जोडी एक हप्ता मात्रै बस्ने अपेक्षा गरिएको थियो । तर उहाँहरूको नयाँ सवारी, बोइङको स्टारलाइनर क्याप्सुल, यति धेरै समस्यामा पर्‍यो कि नासाले त्यसलाई खाली फर्काउने निर्णय गर्‍यो ।

यसले दुवै परीक्षण पाइलट तथा दुवै सेवानिवृत्त नौसेनाका कप्तानलाई स्पेसएक्सले उहाँहरूलाई घर फर्काउन नसकेसम्म कक्षमा छाड्यो । उनीहरूको प्रतिस्थापनहरूको प्रक्षेपणमा स्पेसएक्सको ढिलाइका कारण उहाँहरूको मिसन १० महिनासम्म लम्बिने भएकाले त्यो मार्चको अन्त्य वा अप्रिलको सुरुसम्म हुने छैन ।

विलियम्सले दुई हप्ताअघि नासाका अर्का अन्तरिक्ष यात्रीसँग स्पेस वाक गरेका थिए । यात्रामा विलमोरको पहिलो पटक बाहिर निस्कने अवसर थियो । दुवैले अघिल्ला अन्तरिक्ष स्टेशन बसाइहरूमा धेरै अन्तरिक्ष भ्रमणहरू गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *