३० हजार आप्रवासीहरूलाई हिरासतमा राख्न ट्रम्पको आदेश


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीहरूलाई हिरासतमा लिन निर्देशन दिएका छन् ।
रक्षा र गृह सुरक्षा विभागहरूलाई ग्वान्टानामो खाडीमा ३० हजार व्यक्तिको आप्रवासी सुविधा तयार गर्न निर्देशन दिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेको बताए । अमेरिकी जनतालाई धम्की दिने सबैभन्दा खराब अपराधी गैरकानूनी आप्रवासीहरूलाई हिरासतमा राख्न ग्वान्टानामोमा ३० हजार शैय्याहरू रहेको उनको भनाई छ ।
ट्रम्पले ह्वाइट हाउसमा लेकन रिले ऐनमा हस्ताक्षर गर्नुअघि यो टिप्पणी गरेका हुन् । केही अपराधको आरोप लागेका कागजात नभएका आप्रवासीहरूलाई हिरासतमा राख्ने व्यवस्था गर्ने लेकन रिले ऐनलाई यस महिनाको शुरुमा कंग्रेसले अनुमोदन गरेको थियो । यो नयाँ प्रशासनको पहिलो प्रमुख कानून हो ।
आफ्नो अभियानको क्रममा ट्रम्पले पदभार ग्रहण गरेपछि अवैध आप्रवासीहरूको ठूलो मात्रामा देश निकाला गर्ने घोषणा गरेका थिए । अध्यागमन र भन्सार प्रवर्तनले लगभग १ हजारलाई गिरफ्तारी गरेको छ ।
