५ लाखभन्दा बढी विस्थापित प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किए


एजेन्सी । हमासद्वारा सञ्चालित मिडिया कार्यालयले विगत ७२ घण्टामा ५ लाखभन्दा बढी विस्थापित प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किएको बताएका छन् ।
विगत ७२ घण्टामा दक्षिणी र मध्य प्रान्तहरूबाट अल–रशिद र सलाह अल–दिन सडक हुँदै गाजा र उत्तरी प्रान्तहरूमा पाँच लाख (५ लाख) भन्दा बढी विस्थापित प्यालेस्टिनीहरू फर्किएका मिडिया कार्यालयले जनाएको छ ।
१५ महिनादेखि चलिरहेको लडाईंमा विराम लागेपछि हमाससँग भएको युद्धविराम सम्झौतापछि इजरायलले सोमवार विस्थापित मानिसहरूलाई गाजा पट्टीको उत्तरमा फर्कन अनुमति दिन थालेको छ ।
हमासको सशस्त्र शाखा अल–कस्सम ब्रिगेड्सले बिहीवार तीन इजरायली बन्दीहरूलाई रिहा गरेको छ । इजरायलले बदलामा ११० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।
गाजाका स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूले विगत २४ घण्टामा ६३ शवहरू फेला पारेका छन् । जसमा भग्नावशेषबाट निकालिएका ५९, घाइते भएर मृत्यु भएका दुई र दुई नयाँ मृत्युहरू समावेश छन् ।
यसले अक्टोबर ७, २०२३ देखि हालसम्म मृत्यु हुनेको कुल संख्या ४७ हजार ४१७ पुगेको छ । जसमा १ लाख ११ हजार ५७१ जना घाइते भएका छन् ।
