रविले दिए सांसद पद निलम्बन फुकुवाको निवेदन (पुर्णपाठ)

२०८१ माघ १८ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका छन् ।
उनले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका हुन् ।
उनले निलम्बन गैर कानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।
पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो ।

२०८१ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित