हिउँदे अधिवेशनको पहिलो बैठकमै रास्वपाको बिरोध

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशन आज(शुक्रवार) बाट सुरु भएको छ । दिउँसो १ बजेदेखी संसद सुरु भएको हो ।

तर,संसद सुरु हुनासाथ राष्ट्रिय स्वततन्त्र पार्टी (रास्वपा)का सांसदहरुले उठेर विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले सभालाई सहज ढंगबाट अघि बढाउन आग्रह गरेका छन् ।

रास्वपा सांसदहरुले विरोध जनाइरहेकै बेला सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाउने भन्दै कामकारबाही अघि बढाएका छन् । रास्वपा सांसदहरुले उभिएर संसदमा बिरोध जनाएपछि सभामुख घिमिरेले बारम्बार सहजता प्रदान गर्न आग्रह संगै निर्देशन पनि गरे । तर, रास्वपा सांसदहरुले विरोध जनाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *