नेदरल्याण्ड्सले थाइल्याण्डलाई दियो एक सय २३ रनको लक्ष्य

२०८१ माघ १८ गते

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई जितका लागि एक सय २३ रनको मध्यम लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय २२ रनको योगफल बनाएको हो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबित डि लिडेले सर्वाधिक ५२ रन जोडिन् । उनले ५० बल खेल्ने क्रममा आठ चौका प्रहार गरिन् ।
त्यस्तै आरिस विलिङले २८ रन जोडिन् । थाइल्याण्डका लागि थैपच पुत्टाओङले दुई विकेट लिइन् । थाइल्याण्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

२०८१ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित