सरकार ढल्न त ढल्छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन् । उनले संघीय संसद अन्तर्गत शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

साथै उनले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको बताए । रवि लामिछानेको निलम्बनप्रति उनले आपत्ति जनाउँदै निलम्बन फुकुवाको माग गरे ।

बैठकमा बोल्दै उनले न्यायीक आयोग गठन गरेर राजकीय पद ग्रहण गरेका नेताहरुको सम्पत्त छानविन हुनुपर्ने समेत बताए ।

सभापति रवि लामिछानेको निलम्वन तत्कल फुकुवा नगरे कानूनी उपचार खोज्ने समेत उनले चेतावनी दिए । उनले संवैधानिक व्यवस्थाकको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको बताउँदै रास्वपाले यसको कानूनी निदान खोज्ने बताए ।

विश्व राजनीतिमा नयाँ शक्तिलाई नस्वीकार्ने, खिसिट्युरी गर्ने र आक्रमण गर्ने चलन नै रहेको उल्लेख गरे । उनले आफूहरुले सभामुखको ध्यानाकर्षण गराएको उल्लेख गर्दै तत्कालै निलम्वन फुकुवा नगरे सदन चल्न नदिने संकेत गरे । उनले सामाजिक सञ्जाल सञ्चालन तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिएर पुनः पेस गर्न आग्रह समेत गरे ।

यस्तै चलनचल्तीका काण्डहरुको छिनोफानो गर्नुपर्ने समेत उनको भनाई थियो । दुई तिहाईको सरकार एउटा व्यक्तिमा केन्द्रित भएको उनले बताए । वाग्लेले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *