“आइएमई गरौँ, उद्यमी बनौँ“ योजना अन्तर्गत तिन जना भाग्यशाली विजेताहरुलाई iPhone 16 प्रदान

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरी पठाएका तिन जना भाग्यशाली विजेताहरूलाई आई फोन सिक्सटिन प्रदान गरिएको छ ।

रुमानियाबाट ज्ञानेन्द्र प्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगरले आई फोन सिक्सटिन प्राप्त गरेका छन् ।

आज काठमाण्डौंमा आयोजित एक कार्यक्रममा आइएमईको ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र मार्फत आइएमईका तिन जना भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् ।

यो चाडपर्व “आइएमई गरौँ, उद्यमी बनौँ” योजनाको पहिलो चरणको मासिक उपहार अन्तर्गतको असोज कार्तिक र मंसिर महिनाको आई फोन सिक्सटिन को विजेता छनौट भएको हो ।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले यो चाडपर्व “आइएमई गरौँ, उद्यमी बनौँ” योजना गत असोज २०८१ मा सार्वजनिक गरेको थियो ।

यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये थप ‍३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्न सक्नेछन् ।
दोस्रो चरणको योजना अन्तर्गत “आइएमई गरौँ, उद्यमी बनौँ” योजना यही पौष २०८१ देखि साउन २०८२ सम्म रहने छ जसमा तिन जना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्न सक्नेछन् ।

आइएमई गरी आइएमई पे वालेट,बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन् ।

आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए ।

साथै यो योजनाले डिजिटल माध्यम आइएमई पे मार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।

आइएमई लिमिटेडका बारेमा∶

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २२ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुः ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

साथै परम्परागत रेमिटेन्स सेवा डिजिटलाइजेसनमा प्रवेश गरिरहेको अवस्थालाई आत्मसाथ गर्दै आइएमईले विगत ५ वर्ष देखि आफ्नो डिजिटल कारोबारलाई नेपाल राष्ट्र बैङ्क मार्फत नेपालको पहिलो भुक्तानी सेवा प्रदायकको रूपमा लाइसेन्स प्राप्त गरि आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ’आइएमई पे’ मोबाइल वालेट मार्फतबाट डिजिटल रेमिटेन्स सेवा सफलताका साथ सञ्चालन गरिरहेको छ ।

यस अन्तर्गत सेवाग्राहीले विश्वको जुनसुकै देशबाट आइएमई गरी पठाएको पैसा सजिलै आफ्नो मोबाइलको आइएमई पे एपमा प्राप्त गर्न सक्नेछन् ।

आइएमई पे ले बैङ्किङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैङ्किङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरण तथा डिजिटल नेपालको अभियानमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *