सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको माओवादीको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो आरोप लगाएका हुन् । उनले मुलुकमा सशासनका मामलामा राम्रोसँग अघि बढ्न नसकेको दाबी गरे ।

उनले सरकारले प्रतिपक्षलाई पाखा र सत्तापक्षलाई काखमा राख्ने काम गरेको बताए । उनले सरकार सत्तापक्ष र प्रतिपक्ष सबैको भएकाले सत्ता पक्षलाई काख र प्रतिपक्षलाई पाखा लगाउने काम गर्न नहुने उल्लेख गरे ।

उनले सरकारले नीति नियमका आधारमा कामहरु अघि बढाउनुपर्नेमा जोड दिए । उनले जनताका अपेक्षाहरुलाई पूरा गर्नेगरी महँगी नियन्त्रण,जनजीविकाका सवालहरुमा सरकारले ध्यान नसकेको बताए ।

उनले जनता निर्माण सामाग्री लगायत अन्य वस्तुहरुको मूल्यवृद्धि भएको गुनासो गरिरहे पनि सरकारले नियन्त्रणको काम गर्न नसकेको बताए । उनले सरकारले सहकारी पीडितको वचत फिर्ताका विषयमा गम्भिर नबनेको उल्लेख गरे ।

उनले पाथीभरा मन्दिरमा केवलकार बनाउने विषयमा जनताले विरोध गर्दा सरकारले दमन गरेको आरोप लगाए ।

उनले समस्या भएको ठाउँमा सबै पक्ष छलफलका माध्यमबाट समाधान गरी सांस्कृतिक र परम्परालाई संरक्षण गरेर अघि बढ्नुपर्ने ठाउँमा प्रहरी प्रशासन लगाएर जनतालाई दमन गर्नु ठिक नभएको बताए ।

उनले संघीयता कार्यान्वयन गर्ने खालका विधेयकहरु सरकारले सांसदमा ल्याउन नचाहेको बताए ।

उनले सरकारले अध्यादेशमार्फत मुलुक चलाउने रणनीति बनाउनु गलत भएको बताए । उनले अध्यादेश संसद छलेर ल्याएको भन्दै कतिपय अध्यादेश व्यक्ति समूह र व्यवसायीहरुको हितका लागि ल्याएको जस्तो देखिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *