थाइल्यान्डसँग नेदरल्यान्ड्स ८ विकेटले पराजित

२०८१ माघ १८ गते

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १८ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
थाइल्यान्डका लागि नान्नापत कोन्चारोइनकाइले ५० बलमा पाँच चौका प्रहार गर्दै नटआउट ५६ रन जोडिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १२२ रनको योगफल बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि कप्तान बाकेटे डी लिडेले ५२ रन जोडेकी थिइन् । त्यस्तै आरिस विलिङले २८ रन जोडिन् ।
बलिङमा थाइल्यान्डकी पुत्थावोङले दुई विकेट लिइन् । उक्त सिरिजको तेस्रो खेलमा भोलि शनिवार नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

२०८१ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित