डिएभी कलेजले नै जित्यो डिएभी फुटसल प्रतियोगिताको उपाधि

काठमाडौं । डिएभी कलेजले आयोजना गरेको छैटौँ डिएभी फुटसल प्रतियोगिता सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रतियोगिताको उपाधि डिएभी कलेजको टिमले नै जितेको छ । उपाधि विजेता टोलीलाई ३ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

उपविजेता टिम ओमेगा कलेजलाई २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

साथै उत्कृष्ट खेलाडी डिएभी कलेजका भारगव सिलवाल, उत्कृष्ट गोलरक्षक ओमेगा कलेजका रिदम आले मगर र उच्च गोलकर्ता ओमेगा कलेजका योगान्त महर्जनलाई पनि जनही नगद १५ हजार, व्यक्तिगत ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यका साथ फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।

कलेजको आफ्नै फुटसल मैदानमा भएको खेलमा ४० कलेजहरूको सहभागिता रहेको थियो । फुटसल प्रतियोगितामा सबैभन्दा ठुलो धनराशि खर्च भएको डिएभी कलेजका प्रिन्सिपल सुमन बस्नेतले बताए ।

केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडियाको प्रमुख अतिथि रहेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी मुख्य अतिथि थिए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नाइटेङ्गल कलेजका प्रिन्सिपल रन्जना प्रधान, कृष्ण फाउण्डेशनका उप–प्रमुख सुजित कर्ण, एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर गिरहिया, शिव शक्ति युनिफर्मका डाइरेक्टर महेश गिरहिया, ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठ तथा फ्रन्टलाइन हस्पिटलका प्रतिनिधि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *