खाडीको पैसाले सरकार र संसद चलिरहेको छ, प्रधानमन्त्रीले विकासको कुरा गर्दा आश्चर्य लाग्छ : चित्रबहादुर केसी


काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु आफ्नो घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन नसकेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुा् । उनले अहिले दैनिक दुई हजार युवाहरु विदेश गइरहेको उल्लेख गर्दै यही हो प्रगति ? भन्दै प्रश्न गरे । मुलुकलाई पुँजीवादले नाङ्गो प्रहार गरेको उनको भनाइ छ ।
उनले मुलुकमा भएका उद्योग तथा कलकारखानाहरु बन्द भएको तथा शिक्षा प्रणालीमा सुधार नगरिएको कारण युवा पलायन बढी रहेको बताए । उनले अहिले खाडि र विकसित देशरुबाट आउने रेमिट्यान्सले सदन र सरकार चलिरहेको टिप्पणी गरे ।
उहाँले जनतमा बढ्दो घृणालाई कम गर्न नसके व्यवस्था नै नरहने बताए । अध्यक्ष केसीले काँग्रेस–एमालेको संयुक्त सरकारले गरेको सहमति कार्यान्वयन नगरेको समेत बताए । उनले संविधान कार्यान्वयन गर्छु भन्नुभएको होइन, खै ? भन्दै प्रश्न गरे ।
उनले भने,‘राजनीति गर्ने मान्छेलाई आम नागरिकले कति सम्मान गर्थे ? आज राजनीति गर्ने मान्छेहरुलाई नेपाली जनताले कसरि हेर्छन् ? के व्यवहार गर्छन ? त्यससको ख्याल गरेका छौं हामीले ? त्यसको मुल कारण के हो भने आफ्ना घोषित सिद्धान्त र नीतिअनुसार हामीे राजनीति गरेनौं । अहिले मुलुकको यर्थाथ तस्बिर के छ भन्दाखेरि दिनको पन्ध्र सयदेखि दुई हजारका दरले नयाँ पिढि बाहिर गइरहेको छ । यही हो प्रगति ? नेपालमा केही हुन्न १२ पास गरेपछि जाने अमेरका, अस्ट्रेलिया र युरोप नै हो भनेर शिक्षा दिइन्छ ? यही हो हामीले प्रगति गरेको ? यही हो हाम्रो विकास ? यो सब किनभयो भने पूँजीवादले नाङ्गो आक्रमण गर्यो यो देशमा हेर्नुस् । यहाँ भएका उद्योग र कलकारखानाहरु सबै सखाप अनि नयाँ पिढिलाई हामीले यो देशमा केही हुन्न भनेर शिक्षा दिन थाल्यौं । अनि अहिले खाडी र विकसित मुलुकबाट आएको पैसाले हामीले सांसद र सरकार चलाइरहेका छौं । प्रधानमन्त्रीले विकासको कुरा गरेको सुन्दा मलाई चाँही आश्चर्य लाग्यो । तपाईहरु त हुनुहुन्छ नि प्रधानमन्त्री । कतवटा उद्योग कतिवटा कलकारखानाहरु खोल्नुभयो ? कति नेपालीलाई रोजगारी दिनुभयो । अहिले नेपाली जनताले यति धेरै घृणा प्रकट गरेपछि रहन्छ त यो व्यवस्था ? तपाईहरुले संविधान संशोधन गर्ने भनेर सहमति गर्नुभएको थियो खै त संविधान संशोधन गरेको ? संविधान संशोधन गर्ने नै हो भने एउटा सिंह दरबारको सरकार चलाउने खुवि नभएकाले आठ ठाउँमा सरकार बनाइरहनुभएको छ । त्यो प्रदेशको औचित्य के हो मलाई बताउनुस् त । सात÷आठ वर्षको अवधिमा प्रदेशहरुले जनतालाई के दिए ?’
उनले सिंहदरबारको सरकार चलाउने खुबी नभएकाले आठ ठाउँमा सरकार गठन गरेको भन्दै प्रदेशको औचित्य पुष्टि गर्न चुनौति दिए । उनले आठ वर्षको अवधिमा प्रदेशले जनतालाई के दिए ? भन्दै प्रश्न गरे ।
