इजरायलद्वारा लेबनानको बेका घाटीमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण

जेरुसेलम ।  इजरायल र लेबनानी इस्लामी लडाकू समूह हेजबुल्लाहबीच युद्धविराम भएको दुई महिनापछि इजरायली सेनाले हिजबुल्लाहलाई लक्षित गरी लेबनानको बेका उपत्यका ‘कैयौँ’ स्थानमा कारबाही गरिएको शुक्रबार जनाएको छ ।

सिरियाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिरियाली र लेबनानको सीमामा हिजबुल्लाहले लेबनानमा हतियार तस्करी गर्न प्रयोग गर्ने हतियार विकास र निर्माण गर्न प्रयोग गरिने भूमिगत पूर्वाधार भएको हिजबुल्लाह आतङ्ककारी स्थल लाई निशाना बनाइएको छ ।”

इजरायल र इजरायली सेनाका लागि ‘खतरा’ रहेका स्थानलाई लक्षित गरी रातभर आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ । हिजबुल्लाहको ‘सर्भिलेन्स’ ड्रोनलाई इजरायली भूमिमा प्रवेश गरेको र यसले इजरायल र लेबनानबीचको युद्धविराम सम्झौताको उल्लङ्घन भएको बिहीबार इजरायली सेनाले जनाएको थियो ।

“इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताप्रति सेना प्रतिबद्ध छ तर यस प्रकारको कुनै पनि आतङ्कवादी गतिविधिलाई अनुमति दिने छैन,” विज्ञप्तिमा भनिएको छ।

इजरायली सेनाले लेबनानबाट आफ्नो सेना फिर्ता गर्न तोकिएको जनवरी २६ को समयसीमामा सेना फिर्ता नगरेपछि सेना फिर्ता गर्न आगामी फेब्रुअरी १८ सम्मका लागि थप समय दिइएको छ ।

लेबनानी सेनाले सम्झौताको आफ्नो पक्ष पूरा नगरेको आरोप लगाउँदै इजरायलले जनवरी २६ समयसीमामा सेना फिर्ता गर्ने सम्भावना नरहेको बताएको छ ।

युद्धविरामको शर्तअनुसार हिजबुल्लाहले आफ्नो सेनालाई सीमाबाट करिब ३० किलोमिटर (२० माइल) टाढा लिटानी नदीको उत्तरमा फिर्ता गरेपछि लेबनानी सेना दक्षिणमा तैनाथ हुने भएको छ ।

इरान समर्थित लडाकू समूह हेजबुल्लाहले युत्रविराम सम्झौता अनुसार दक्षिणमा बाँकी रहेका कुनै पनि सैन्य संरचना हटाउनु आवश्यक रहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *