ओलीले कटाक्ष गर्दा समेत संसदमा किन बोलेनन् प्रचण्ड ?

काठमाडौं । संघीय संसद अन्तर्गत संसद्को हिउँदे अधिवेशनको प्रतिनिधि सभाको पहिलो बैठक शुक्रबार बस्यो । प्रतिनिधिसभा बैठकको पहिलो दिन शीर्ष नेताले सम्बोधन गर्ने तय थियो ।

सोही अनुरुप प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमा प्रतिनिधि सभा बैठकमा बोले । त्यसपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बोले ।

देउवापछि तेस्रो ठूलो दलको हैसियतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्ने आँकलन गरिएको थियो । तर,उनी बोलेनन् । माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले सम्बोधन गरे ।

ओलीले सम्बोधन गरेपछि सभामुख देवराज घिमिरेले ठूलो दलको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समय दिए । त्यसपछि दोस्रो ठूलो दल नेकपा एमालेका सचिव योगेश भट्टराईलाई समय दिए ।

प्रधानमन्त्री बोलेपछि प्रमुख प्रतिपक्षी दलको नेतालाई बोल्न दिएको भए प्रचण्डले शुक्रबार नै बोल्ने तयारी गरेका थिए । सभामुखले भट्राईलाई बोल्न दिएपछि प्रचण्ड नबोलेको माओवावदी केन्द्रले बताएको छ । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाल अध्यक्ष प्रचण्डले बोल्ने वातावरण नभएर नबोलेको बताउँछन् ।

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उनले गएको ६ महिनामा संसदीय राजनीतिमा सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा वन्ध्याकरण भएको बताए ।

उनले संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *