खबर दिनभर : संसदमा सत्तापक्ष र प्रतिपक्षबीच घोचपेच,निलम्बन फुकुवा गर्न रविको निवेदन

सरकारका काममा आलोचना गर्ने कुनै ठाउँ छैन : प्रधानमन्त्री

संघीय संसद अन्तर्गत शुक्रवारबाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको छ । बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा आलीले सरकारले आलोचना गर्ने काम नगरेको बताएका छन् ।

उनले प्रतिपक्षदलहरुबाट रचनात्मक ओलाचना गर्न आग्रह समेत गरे । साथै कपोकल्पित कुरा गर्नु अनुचित नभएको समेत उनले बताए । उनले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने समेत बताए ।

साथै प्रधानमन्त्री ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताए । प्रधानमन्त्री ओलीले जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको उल्लेख गरे ।

उनले मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउँदै महत्वपूर्ण आयोजनाको प्रगति प्रस्तुत गरे ।

प्रधानमन्त्री ओलीले हालै सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनु एक उपलब्धि भएको उल्लेख गर्दै सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन सुरुङ मार्गको योजना अगाडि बढिरहेको बताए ।

प्रचण्डप्रति ओलीको कटाक्ष– सत्ताको नाममा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने कुराको वन्ध्याकरण भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिको वन्ध्याकरण भएको बताएका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उनले गएको ६ महिनामा संसदीय राजनीतिमा सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा वन्ध्याकरण भएको बताए ।

उनले संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको बताए । ‘गएको ६ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहो¥याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ । संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं । आज म, जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर यहाँ उपस्थित भएको छु । सरकारमा आएपछि हाम्रो दोस्रो प्राथमिकता थियो– नीतिगत सुधार । यसका लागि सुधारका ठोस कार्ययोजना तय गरी नीतिगत सुधारको प्रक्रियालाई तीब्रता दिइएको छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता नीतिगत सुधार रहेको बताए ।

सरकारले ६ महिनामा गरेका काम राम्रा छन्  : शेरबहादुर देउवा

सत्ता सहकार्यको प्रमुख दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार राम्रो काम गरिरहेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने,सरकारले राम्रो काम गरिरहेको छ । ६ महिना प्रयाप्त समय नभएपनि यस अवधिमा राम्रा काम भएका छन्,थप राम्रा काम हुँदै जानेपनि छन् ।

उनले संविधान संसोधन राजनीतिक दलहको सहमतिबाट गर्नुपर्नेमा समेत जोड दिए । लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको बताउँदै यसलाई नागरिकको जीवजसंग जोड्नुपर्ने उनले बताए । उनले नागरिकका सबै मौलिकहरु सुरक्षित गरिएको उनले बताए ।

ओलीले कटाक्ष गर्दा समेत संसदमा किन बोलेनन् प्रचण्ड ?

संघीय संसद अन्तर्गत संसद्को हिउँदे अधिवेशनको प्रतिनिधि सभाको पहिलो बैठक शुक्रबार बस्यो । प्रतिनिधिसभा बैठकको पहिलो दिन शीर्ष नेताले सम्बोधन गर्ने तय थियो ।

सोही अनुरुप प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमा प्रतिनिधि सभा बैठकमा बोले । त्यसपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बोले ।

देउवापछि तेस्रो ठूलो दलको हैसियतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्ने आँकलन गरिएको थियो । तर,उनी बोलेनन् । माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले सम्बोधन गरे ।

ओलीले सम्बोधन गरेपछि सभामुख देवराज घिमिरेले ठूलो दलको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समय दिए । त्यसपछि दोस्रो ठूलो दल नेकपा एमालेका सचिव योगेश भट्टराईलाई समय दिए ।

प्रधानमन्त्री बोलेपछि प्रमुख प्रतिपक्षी दलको नेतालाई बोल्न दिएको भए प्रचण्डले शुक्रबार नै बोल्ने तयारी गरेका थिए । सभामुखले भट्राईलाई बोल्न दिएपछि प्रचण्ड नबोलेको माओवावदी केन्द्रले बताएको छ । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाल अध्यक्ष प्रचण्डले बोल्ने वातावरण नभएर नबोलेको बताउँछन् ।

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उनले गएको ६ महिनामा संसदीय राजनीतिमा सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा वन्ध्याकरण भएको बताए ।

उनले संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको बताए ।

प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश

प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश भएका छन् । शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरे ।

सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कतिपय ऐनका प्रावधान तत्काल संशोधन गर्नुपर्ने आवश्यक रहेकाले अध्यादेशमार्फत् ती थ्यस्थाहरू संशोधन गर्नुपरेको उनको भनाइ छ ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१’, ‘निजीकरण ९पहिलो संशोधन० अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेश गरे ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण् मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरे ।

रास्वपा सांसदले गरे संसद बैठक बहिस्कार

रास्वपाका सांसदहरुले संसदको बैठक बहिस्कार गरेका छन् ।संसदमा सभामुखले बोल्नका लागि समय नदिएपछि रास्वपाका सबै सांसदहरु उठेर हिँडेका हुन् ।

शुक्रवारको हिउँदे अधिवेशनको पहिलो बैठकमा नै रास्वपाले उभिएर बिरोध जनाएको थियो । सभामुखले कार्यैसुचि अनुरुप अघि बढ्न खोजेपछि रास्वपाका सांसदहरुले समयको माग गर्दै उभिएर बिरोध जनाएका थिए । अहिले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा बोलिरहेका छन् ।

अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्नेकुरा सही नभएको बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अध्यादेशको कन्टेन्टको आधारमा बिरोध र समर्थन गर्नुपर्ने बताए ।

उनले कांग्रेसले विगतमा पनि सरकारले ल्याएको विधेयकलाई प्रतिपक्षमै रहेर सहज रुपबाट पारित गर्न सघाएको भन्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि बिरोध गर्ने बताए ।

उनले भने,‘अध्यादेश हो भन्ने बित्तिकै गलत हुँदैन । विधेयक हो भन्नेबित्तिकै सही नै हो भनिहाल्नुपर्छ भन्ने पनि हुँदैन । अध्यादेश विगतमा हामीले बिरोध गरेका थियौँ, अहिले बोलेन भन्नेकुरा पनि छ । विगतमा नेपाली काँग्रेसले अध्यादेशको बिरोध गरेको उदाहरण पनि छ । नेपाली काँग्रेसले विपक्षमा रहेको बेलामा सरकारले ल्याएको अध्यादेशलाई सहज ढंगले पारित गर्न सघाएको उदाहरण पनि छ । अध्यादेश हो त्यसको बिरोध गरौँ भन्ने किसिमले हेर्नु हुँदैन । कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि बिरोध गरिन्छ । सामाजिक सञ्जाललाई नियमन गर्ने भनेर राष्ट्रिय सभामा जुन विधेयक दर्ता गरेको छ, त्यो विधेयकको विपक्षमा स्पष्ट रुपमा बोल्छु ।’

महामन्त्री शर्माले सामाजिक सञ्जाल नियमनका लागि कानूनी प्रवन्ध जरुरी रहेको उल्लेख गर्दै सामाजिक सञ्जाल नियन्त्रण गर्नेगरी विधेयक ल्याउन गलत भएको बताए ।

सरकार ढल्न त ढल्छ : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा।स्वर्णिम वाग्लेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन् । उनले संघीय संसद अन्तर्गत शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

साथै उनले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको बताए । रवि लामिछानेको निलम्बनप्रति उनले आपत्ति जनाउँदै निलम्बन फुकुवाको माग गरे ।

बैठकमा बोल्दै उनले न्यायीक आयोग गठन गरेर राजकीय पद ग्रहण गरेका नेताहरुको सम्पत्त छानविन हुनुपर्ने समेत बताए ।

सभापति रवि लामिछानेको निलम्वन तत्कल फुकुवा नगरे कानूनी उपचार खोज्ने समेत उनले चेतावनी दिए । उनले संवैधानिक व्यवस्थाकको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको बताउँदै रास्वपाले यसको कानूनी निदान खोज्ने बताए ।

विश्व राजनीतिमा नयाँ शक्तिलाई नस्वीकार्ने, खिसिट्युरी गर्ने र आक्रमण गर्ने चलन नै रहेको उल्लेख गरे । उनले आफूहरुले सभामुखको ध्यानाकर्षण गराएको उल्लेख गर्दै तत्कालै निलम्वन फुकुवा नगरे सदन चल्न नदिने संकेत गरे । उनले सामाजिक सञ्जाल सञ्चालन तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिएर पुनः पेस गर्न आग्रह समेत गरे ।

यस्तै चलनचल्तीका काण्डहरुको छिनोफानो गर्नुपर्ने समेत उनको भनाई थियो । दुई तिहाईको सरकार एउटा व्यक्तिमा केन्द्रित भएको उनले बताए । वाग्लेले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गरे ।

रविको निलम्बन फुकुवा नगरे कानुनी उपचार खोज्छौँ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा नगरे कानुनी उपचार खोज्ने चेतावनी दिएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन पार्टी उपसभापति डा।स्वर्णिम वागलेले यस्तो चेतावनी दिएका हुन् । उनले सभापति लामिछानेमाथि सिङ्गो राज्य शक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लगाए ।

उनले संवैधानिक व्यवस्थाकको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गर्दै उनले रास्वपाले यसको कानुनी निदान खोज्ने बताए ।

विश्व राजनीतिमा नयाँ शक्तिलाई नस्विकार्ने, खिसीटिउरी गर्ने र आक्रमण गर्ने चलन नै रहेको उल्लेख गरे ।

उनले आफूहरूले सभामुखको ध्यानाकर्षण गराएको उल्लेख गर्दै तत्कालै निलम्बन फुकुवा नगरे सदन चल्न नदिने संकेत गरे ।

वर्तमान सरकारले अध्यादेशबाट कानुन ल्याउने, संवैधानिक परिषद्लाई खलबल्याउने काम गरिरहेको बताए ।

उनले सामाजिक सञ्जाल सञ्चालन तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिएर पुनः पेस गर्न आग्रह समेत गरे ।

सरकारको फोन कुरेर न्यायालयले फैसला गर्छ : डा.चन्द्रकान्त राउत

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले संसद सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताएका छन् ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसदको साँचो नै सरकारले बोक्ने हुँदा संसद सुचारु हुन ढिलाइ हुने गरेको बताए ।

उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका छुट्टै र स्वतन्त्र हुने सोचे पनि सोहीअनुसार काम नहुने गरेको बताए । सरकारले अधिवेशन नबोलाउँदासम्म संसद सुचारु नहुने कुरा हो भने पुनःर्विचार गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘संसद किन खुलिरहेको छैन भनेर सोच्दा । हामी त शक्ति पृथकीकरण भन्छौँ । व्यवस्थापिका छुट्टै, कार्यपालिका छुट्टै, न्यायपालिका छुट्टै स्वतन्त्र रुपले चल्नसक्ने भनेर मान्छौँ । तर यहाँ हुँदा के रहेछ भने संसदको पनि साँचो कतै न कतै सरकारले नै बोक्दो रहेछ । सरकारले अधिवेशन नबोलाउँदासम्म संसद पनि सुचारु नहुने खालको व्यवस्था वा संवैधानिक प्रावधान रहेको छ । सरकारले नै संसदको पनि साँचो राखिदिएपछि र संसद पनि सरकारले चलाएपछि बल्ल चल्ने नचलाए नचल्ने, कुनै पार्टीको आफ्नो कामर्यक्रम भए नचल्ने, शिर्ष नेतालाई हाच्छ्युँ आइदिँदा संसद नै रोक्नुपर्ने यस्तो हो भने पुनःविचार गर्नुपर्छ ।’

अध्यक्ष राउतले सरकारको फोन कुरेर न्यायलयले फैसला गर्ने गरेको आरोप लगाए ।

सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको माओवादीको आरोप

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो आरोप लगाएका हुन् । उनले मुलुकमा सशासनका मामलामा राम्रोसँग अघि बढ्न नसकेको दाबी गरे ।

उनले सरकारले प्रतिपक्षलाई पाखा र सत्तापक्षलाई काखमा राख्ने काम गरेको बताए । उनले सरकार सत्तापक्ष र प्रतिपक्ष सबैको भएकाले सत्ता पक्षलाई काख र प्रतिपक्षलाई पाखा लगाउने काम गर्न नहुने उल्लेख गरे ।

उनले सरकारले नीति नियमका आधारमा कामहरु अघि बढाउनुपर्नेमा जोड दिए । उनले जनताका अपेक्षाहरुलाई पूरा गर्नेगरी महँगी नियन्त्रण,जनजीविकाका सवालहरुमा सरकारले ध्यान नसकेको बताए ।

उनले जनता निर्माण सामाग्री लगायत अन्य वस्तुहरुको मूल्यवृद्धि भएको गुनासो गरिरहे पनि सरकारले नियन्त्रणको काम गर्न नसकेको बताए । उनले सरकारले सहकारी पीडितको वचत फिर्ताका विषयमा गम्भिर नबनेको उल्लेख गरे ।

उनले पाथीभरा मन्दिरमा केवलकार बनाउने विषयमा जनताले विरोध गर्दा सरकारले दमन गरेको आरोप लगाए ।

उनले समस्या भएको ठाउँमा सबै पक्ष छलफलका माध्यमबाट समाधान गरी सांस्कृतिक र परम्परालाई संरक्षण गरेर अघि बढ्नुपर्ने ठाउँमा प्रहरी प्रशासन लगाएर जनतालाई दमन गर्नु ठिक नभएको बताए ।

उनले संघीयता कार्यान्वयन गर्ने खालका विधेयकहरु सरकारले सांसदमा ल्याउन नचाहेको बताए ।

उनले सरकारले अध्यादेशमार्फत मुलुक चलाउने रणनीति बनाउनु गलत भएको बताए । उनले अध्यादेश संसद छलेर ल्याएको भन्दै कतिपय अध्यादेश व्यक्ति समूह र व्यवसायीहरुको हितका लागि ल्याएको जस्तो देखिएको बताए ।

लिङदेनको प्रश्न : ओली सरकारले जनतालाई आशा जगाउने के काम गर्‍यो ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन् । उनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको महशुस गरेको उल्लेख गरे ।

उनले निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनाएको बताए । उनले सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु र विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन रु भन्दै सरकारलाई प्रश्न गरे ।

अध्यक्ष लिङदेनले काँग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी सुन्दा मुलुकमा सरकार छैन भने अभास भएको बताए । उनले सरकारले नियमित कुरालाई पनि उपलब्धी देखाएको बताए । उनले सरकारले सुशासनको क्षेत्रमा कुनैपनि काम गर्न नसकेको उल्लेख गरे । उनले निरासा जनतलाई आशा जगाउन समेत सरकारले नसकेको बताए ।

उनले मुलुकमा विदेशी मुद्रा सञ्चिति बढेको वर्तमान सरकारको कारणले नभइ नेपाली जनता बेचेर आएको दाबी गरे । उनले सरकारले रेमिट्यान्स मार्फत आएको पैसा समेत खर्च गर्न नसकेको उल्लेख गरे । लिङदेनले साढे ६ महिनाको अवधिमा वर्तमान सरकारले दुई ठूला पार्टी मिलेर बनेको सरकारको आफुहरुले विरोध मात्रै नगरी अपेक्षा समेत गरेको बताए ।

यस अवधिमा सरकारले जनतामा आशा जगाउने काम गर्न नसकेको उनले बताए । उनले भने,‘यो सरकारले निराश जनतामा आशा जगाउने के काम गर्‍यो ? ’ ।

ओलीले ‘ब्रेक थ्रु’ बाहेक केही गर्न सकेनन्  : राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारले निरङ्कुश शासनको झल्को दिएको टिप्पणी गरेका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । सरकारले वितेको ६ महिनामा केही गर्न नसकेको कारण विकासको ढोका खोल्यौं भन्नको लागि अध्यादेश ल्याइएको उनको आरोप छ ।

उनले दुई तिहाईको घमण्ड नगर्न सत्तारुढ दलका नेताहरुलाई आग्रह गरे । उनले दुई तिहाईको सरकार छ भन्दैमा सरकारले मनलाग्दी गर्न नपाउने बताए । उनले प्रधानमन्त्रीले वितेका ६ महिनामा आर्थिक सुधार भएको दाबी गरेपनि सूचकहरुले सकारात्मक नरहेको बताए । उनले सरकारले अहिलेसम्म ‘ब्रेक थ्रु’ बाहेक केही गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘अहिले सरकारले अध्यादेशको बाढी नै लगाइ दिएको छ । अध्यादेश सरकारले न्याउनै नपाउने होइन । ल्याउन सक्छ । दुईवटा अधिवेशनको बीचमा विशेष आवश्यकता पर्यो भने अध्यादेश ल्याउनकै लागि नै संवैधानिक व्यवस्था भएको हो । तर सरकारले केही दिनमै अधिवेशन शुरु हुँदैछ भन्ने जानी जानी हतार हतारमा किन ल्याउनुपर्यो रु दुई वटा पार्टी मिलेर सरकार बनाएका छन् । र ६ महिनाको बीचमा राम्रो देखाउन लायक काम केही गर्न सकिएन । र अध्यादेशबाट हामीले विकासको ढोका खोल्यौं भन्नको लागि पनि अध्यादेश ल्याउनुपर्‍यो । अध्यादेश ल्याउने परिपाटीले सांसदहरुलाई पार्टीभित्रै पनि बाध्यकारी पारेर छलफल गर्ने ठाउँ छैन जसरि पनि पास गर्नुपर्छ भन्ने ढंगले जाने स्थिति देखिन्छ । यो दुई दल मिलेपछि दुई तिहाई छ भन्नुहुन्छ । त्यसो हो भने जे जे मन लाग्यो त्यही त्यही गरे भैगो नि त । जे पायो त्यही गर्नको लागि दुई तिहाई हो रु त्यसो भएको हुनाले दुई तिहाईको घमण्ड नगरौं पनि भन्न चाहन्छु म । सँगसँगै बस्दै आएका साथिहरु हौं । दुई तिहाई छ भन्दैमा जे मन लाग्छ त्यही गर्नु हुँदैन । यो कुराले निरङ्कुश साशनको झल्को देखिन्छ । प्रधानमन्त्रीले लामो सुनाउँदा धेरै प्रगति भएछ लागेको थियो । धेरै ब्रेक थ्रु भएछ । उहाँले आर्थिक क्षेत्र सुधार भएको कुरा पनि गर्नुभयो । तर सुचकले त त्यस्तो भन्दैन । रोजगार बढाउने कुनै काम भएको छैन । गाउँहरु खालि भएको छ ।’

उनले मिटरब्याज पीडित समस्याहरु अहिलेसम्म समाधान नभएको बताए । उनले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने ऐनहरु नल्याइएको र संसदबाट पास भएका ऐनहरु समेत कार्यान्वयन नभएको उनको भनाइ छ ।

खाडीको पैसाले सरकार र संसद चलिरहेको छ, प्रधानमन्त्रीले विकासको कुरा गर्दा आश्चर्य लाग्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु आफ्नो घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन नसकेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुा् । उनले अहिले दैनिक दुई हजार युवाहरु विदेश गइरहेको उल्लेख गर्दै यही हो प्रगति ? भन्दै प्रश्न गरे । मुलुकलाई पुँजीवादले नाङ्गो प्रहार गरेको उनको भनाइ छ ।

उनले मुलुकमा भएका उद्योग तथा कलकारखानाहरु बन्द भएको तथा शिक्षा प्रणालीमा सुधार नगरिएको कारण युवा पलायन बढी रहेको बताए । उनले अहिले खाडि र विकसित देशरुबाट आउने रेमिट्यान्सले सदन र सरकार चलिरहेको टिप्पणी गरे ।

उहाँले जनतमा बढ्दो घृणालाई कम गर्न नसके व्यवस्था नै नरहने बताए । अध्यक्ष केसीले काँग्रेस–एमालेको संयुक्त सरकारले गरेको सहमति कार्यान्वयन नगरेको समेत बताए । उनले संविधान कार्यान्वयन गर्छु भन्नुभएको होइन, खै ? भन्दै प्रश्न गरे ।

उनले भने,‘राजनीति गर्ने मान्छेलाई आम नागरिकले कति सम्मान गर्थे ? आज राजनीति गर्ने मान्छेहरुलाई नेपाली जनताले कसरि हेर्छन् ? के व्यवहार गर्छन ? त्यससको ख्याल गरेका छौं हामीले ? त्यसको मुल कारण के हो भने आफ्ना घोषित सिद्धान्त र नीतिअनुसार हामीे राजनीति गरेनौं । अहिले मुलुकको यर्थाथ तस्बिर के छ भन्दाखेरि दिनको पन्ध्र सयदेखि दुई हजारका दरले नयाँ पिढि बाहिर गइरहेको छ । यही हो प्रगति ? नेपालमा केही हुन्न १२ पास गरेपछि जाने अमेरका, अस्ट्रेलिया र युरोप नै हो भनेर शिक्षा दिइन्छ ? यही हो हामीले प्रगति गरेको ? यही हो हाम्रो विकास ? यो सब किनभयो भने पूँजीवादले नाङ्गो आक्रमण गर्यो यो देशमा हेर्नुस् । यहाँ भएका उद्योग र कलकारखानाहरु सबै सखाप अनि नयाँ पिढिलाई हामीले यो देशमा केही हुन्न भनेर शिक्षा दिन थाल्यौं । अनि अहिले खाडी र विकसित मुलुकबाट आएको पैसाले हामीले सांसद र सरकार चलाइरहेका छौं । प्रधानमन्त्रीले विकासको कुरा गरेको सुन्दा मलाई चाँही आश्चर्य लाग्यो । तपाईहरु त हुनुहुन्छ नि प्रधानमन्त्री । कतवटा उद्योग कतिवटा कलकारखानाहरु खोल्नुभयो ? कति नेपालीलाई रोजगारी दिनुभयो । अहिले नेपाली जनताले यति धेरै घृणा प्रकट गरेपछि रहन्छ त यो व्यवस्था ? तपाईहरुले संविधान संशोधन गर्ने भनेर सहमति गर्नुभएको थियो खै त संविधान संशोधन गरेको ? संविधान संशोधन गर्ने नै हो भने एउटा सिंह दरबारको सरकार चलाउने खुवि नभएकाले आठ ठाउँमा सरकार बनाइरहनुभएको छ । त्यो प्रदेशको औचित्य के हो मलाई बताउनुस् त । सात/आठ वर्षको अवधिमा प्रदेशहरुले जनतालाई के दिए ?’

उनले सिंहदरबारको सरकार चलाउने खुबी नभएकाले आठ ठाउँमा सरकार गठन गरेको भन्दै प्रदेशको औचित्य पुष्टि गर्न चुनौति दिए । उनले आठ वर्षको अवधिमा प्रदेशले जनतालाई के दिए ? भन्दै प्रश्न गरे ।

अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्दा अचम्म लागिरहेको छ : सांसद भट्टराई

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएका पार्टीहरुले नै अध्यादेशको विरोध गरिरहेको टिप्पणी गरेका छन् ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा (एकीकृत समाजवादी) लक्षित यस्तो टिप्पणी गरेका हुन् । उनले अध्यादेशबाट पार्टी फुटाएर नयाँ पार्टी बनाउनेहरुले अध्यादेशको विरोध गर्नु अचम्म भएको टिप्पणी गरे ।

‘गजब कुरा त के छ भने जुन पार्टी अध्यादेशबाट बनाइएको थियो । त्यही पार्टी आज अध्यादेश गलत भन्दै छ,’उनले भने,‘अध्यादेशबाट जन्मिएको छ । अध्यादेश ठिक छैन भनिरहेको पनि छ । यो के हुन लागेको हो अचम्म नै भइरहेको छ ।’

उनले अध्यादेश ल्याउने वर्तमान सरकार मात्र नभई विगतमा समेत ल्याउने चलन रहि आएको बताए ।

संसद नचलेको समयमा अध्यादेश जारी गर्नु नियमित प्रक्रिया भएकाले यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको समेत बताए ।

उनले अध्यादेशमा भएका कमजोरिहरुलाई सुधार गर्नुपर्ने भए आवश्यक छलफल गर्न सकिने तर अधयादेश जारी भएकै विषयमा विमति जनाउनुपर्ने कारण नरहेको बताए ।

रविले दिए सांसद पद निलम्बन फुकुवाको निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका छन् ।

उनले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन दिएका हुन् ।

उनले निलम्बन गैर कानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो ।

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकी आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो । उनी विरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९शुक्रबार० सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

बढ्यो पेट्रोल,डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रवार राति १२ बजेबाट लागू हुनेगरी आयल निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो ।

अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको आयल निगमले जनाएको छ ।

जनकपुर नाइट्सले जित्यो नेपाल कबड्डी लिगको उपाधि

फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग ९एनकेएल० को उपाधि जनकपुर नाइट्सले जितेको छ । त्रिपुरेश्वोरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा जनकपुरले काठमाण्डू माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

यसअघि जनकपुर २३ अङ्कसहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो । उसले लिग चरणमा चार खेल जित्दा काठमाण्डूसँग बराबरी खेलेको थियो । पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई ३४–३२ ले हराउँदै फाइनलमा पुगेको थियो ।

उपाधिसँगै जनकपुरले रू पाँच लाख प्राप्त गरेको छ भने दोस्रो स्थानमा चित्त बुझाएको काठमाण्डूले रू दुई लाख प्राप्त गरेको छ । पहिलोपटक भएको फ्रेन्चाइज कबड्डी लिगमा कुल छ टिमको सहभागिता रहेको थियो ।

इजरायलद्वारा लेबनानको बेका घाटीमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण

इजरायल र लेबनानी इस्लामी लडाकू समूह हेजबुल्लाहबीच युद्धविराम भएको दुई महिनापछि इजरायली सेनाले हिजबुल्लाहलाई लक्षित गरी लेबनानको बेका उपत्यका ‘कैयौँ’ स्थानमा कारबाही गरिएको शुक्रबार जनाएको छ ।

सिरियाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिरियाली र लेबनानको सीमामा हिजबुल्लाहले लेबनानमा हतियार तस्करी गर्न प्रयोग गर्ने हतियार विकास र निर्माण गर्न प्रयोग गरिने भूमिगत पूर्वाधार भएको हिजबुल्लाह आतङ्ककारी स्थल लाई निशाना बनाइएको छ ।”

इजरायल र इजरायली सेनाका लागि ‘खतरा’ रहेका स्थानलाई लक्षित गरी रातभर आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ । हिजबुल्लाहको ‘सर्भिलेन्स’ ड्रोनलाई इजरायली भूमिमा प्रवेश गरेको र यसले इजरायल र लेबनानबीचको युद्धविराम सम्झौताको उल्लङ्घन भएको बिहीबार इजरायली सेनाले जनाएको थियो ।

“इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताप्रति सेना प्रतिबद्ध छ तर यस प्रकारको कुनै पनि आतङ्कवादी गतिविधिलाई अनुमति दिने छैन,” विज्ञप्तिमा भनिएको छ।

इजरायली सेनाले लेबनानबाट आफ्नो सेना फिर्ता गर्न तोकिएको जनवरी २६ को समयसीमामा सेना फिर्ता नगरेपछि सेना फिर्ता गर्न आगामी फेब्रुअरी १८ सम्मका लागि थप समय दिइएको छ ।

लेबनानी सेनाले सम्झौताको आफ्नो पक्ष पूरा नगरेको आरोप लगाउँदै इजरायलले जनवरी २६ समयसीमामा सेना फिर्ता गर्ने सम्भावना नरहेको बताएको छ ।

युद्धविरामको शर्तअनुसार हिजबुल्लाहले आफ्नो सेनालाई सीमाबाट करिब ३० किलोमिटर (२० माइल) टाढा लिटानी नदीको उत्तरमा फिर्ता गरेपछि लेबनानी सेना दक्षिणमा तैनाथ हुने भएको छ ।

इरान समर्थित लडाकू समूह हेजबुल्लाहले युत्रविराम सम्झौता अनुसार दक्षिणमा बाँकी रहेका कुनै पनि सैन्य संरचना हटाउनु आवश्यक रहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *