तीव्र गतिको बाइक खस्दा युवकको मृत्यु, चालक गम्भीर

२०८१ माघ १९ गते

फाइल फोटो
नवलपरासी । नवलपरासी पश्चिमको सरावल गाउँपालिका-१ सालबासस्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
प्रदेश नं. ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबीचको पेटीमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा निवासी २८ वर्षीय कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट लिखु–३ बस्ने २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका उनको लुम्बिनी सिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२०८१ माघ १९ गते
प्रतिक्रिया
सम्बन्धित