फिलाडेल्फियामा उडानको ३० सेकेन्डमै विमान दुर्घटना

काठमाडौं । अमेरिकाको फेलाडेल्फियामा फेरि अर्को जहाज दुर्घटनामा परेको छ । पेन्सिल्भेनिया राज्यको फेलाडेल्फियामा शनिबार बिहान एक सानो विमान दुर्घटनामा परेको हो ।

फक्स न्यूजका अनुसार ६ जना मारिएका छन् । जसमा दुई चिकित्सक, दुई पाइलट, एक यात्रु र एक पारिवारका सदस्य रहेको बताइएको छ । फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार लियरजेड ५५ नामक यो विमान स्थानीय समयअनुसार साँझ ६ः३० बजे उडान भरेको ३० सेकेन्डमै ६.४ किलोमिटर टाढा दुर्घटनामा परेको हो ।

एएफपीका अनुसार विमान घरमाथि खसेको थियो । जहाँ आगो लागेको थियो । घनाबस्ती भएको क्षेत्रमा उक्त विमान खसेको हो । यसअघि गत बुधबारमात्रै वाशिङ्टन डीसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर आपसमा ठोक्किँदा सबै ६७ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *