कांग्रेस नगर सभापति सडकपेटीमै मृत भेटिए


काठमाडौं । नेपाली कांगेसका नगर सभापति मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनी शनिबार बिहान सडकपेटीमा मृत भेटिएका हुन् ।
कलौनी भीमदत्त नगरपालिकाको–१८ को वडा कार्यालयबाट सय मिटर पश्चिमतिर सडक पेटीमा घोप्टो परेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।
‘शरीरमा घाउ चोट केही पनि छैन,’ उनले भने, ‘अनुसन्धान सुरु गरेका छौं ।’ कलौनीको घर पनि सोही क्षेत्रमा हो । उनको घर घटनास्थलबाट ५०० मिटरको दूरीमा छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । प्रहरीले घटनास्थल शिल गरेको छ । चिकित्सकसहित टोली मगाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुलेको छैन ।
नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए । नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री समेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए ।
