पाथीभरा क्षेत्रमा केवलकार निर्माण विवाद, वार्ताबाट समस्या समाधान गर्न गृहले पठायो पत्र

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्ने विषयमा देखिएको विवाद समाधानका लागि आवश्यक समन्वय गर्न गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिंदै पत्र पठाएको छ ।

केवलकार नियमनको बिषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तगर्त पर्ने भएकाले स्थानीय रुपमा उठेका सवाल र सरोकारका बिषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन पत्रमा भनेको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासंग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन निर्देशानुसार अनुरोध गर्नु पत्रमा उल्लेख गरिएको छ । पाथीभरामा गत १२ गते प्रहरी र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी र ‘नो केबलकार’ पक्षका २१ जना घाइते भएका थिए ।

सो बेला प्रहरीको गोली लागि घाइते भएका दुई जनाको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भई रहेका छ भने नो केबलकार समूहका तीन जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । केबलकार निर्माण हुन हुँदैन भन्दै १५ गतेदेखि मेची राजमार्ग तथा तमोर करिडोर नो केबलकार समूहले अनिश्चितकालका लागि बन्द गरेका छ ।

केबुलकार निर्माणका विषयमा उठेको विवादलाई लिएर केहि दिनअघि गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम रतेह्रथुमका सांसदहरुसँग छलफल समेत गरेका थिए । यता सोही विवादलाई लिएर प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले प्रतिनिधिसभामा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने लिलादेवी बोखिम र उर्मिला थेबेसहित सांसदसँग गृह मन्त्रालयसँग समन्वयमा निरन्तरको संवाद गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *