प्रशिक्षक देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

२०८१ माघ १९ गते

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने भएको छ ।
उनीसँगको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।
उनीसंग सन् २०२३ मा भएको दुई वर्षको सम्झौता सकिएको हो ।
मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले १० वर्षपछि आईसीसी टी–२० विश्वकप पनि खेलेको थियो ।
उनले केही दिनअघि नेपालका युवाहरूलाई ब्याटिङ क्लिनिकमा पनि समावेश गराएका थिए ।
क्यानले उनको योगदानका लागि धन्यवाद पनि दिएको छ ।

२०८१ माघ १९ गते
प्रतिक्रिया
सम्बन्धित