अर्जन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डडेल्धुराको विजयी सुरुवात

काठमाडौं । आज (शनिवार) बाट धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमी (डिसीए) माथि फ्रेडस क्लब डडेल्धुराले ८ विकेटको जित हासिल गर्दै विजयी सुरुवात गरेको छ । डिसीएले दिएको १ सय ३३ रनको लक्ष्य फ्रेडस क्लब डडेलधुराले १५.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

डडेलधुराका लागि कुशलले नट आउट रहँदै ५१ बलमा सर्वाधिक ८७ रन जोडे । विनोद भण्डारीले ४२ रन जोडे । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले समान १ विकेट लिए । खेलका म्यान अफ द म्याच डडेल्धुराका कुशल भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । रनिङ ट्रफीको रुपमा रहेको टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई नगद रु १ लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *