कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु,४ जना गम्भीर घाइते

२०८१ माघ १९ गते

जनकपुर । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी शनिबार साँझ दुर्घटनामा परेको छ ।
भारतको बिहारस्थित मुज्फरपुरमा नेपाली तीर्थयात्री बोकेको BR 32 PA 4661 नम्बरको भारतीय गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार दुर्घटनामा ५ नेपालीको मृत्यु भएको छ । मृतक धनुषा र महोत्तरी जिल्लाका रहेको उनले बताए ।
दुर्घटनामा परी मृत्यु हुनेमा ४५ वर्षिया मन्तार्नी देवी,३० वर्षिया अर्चना ठाकुर, ६० वर्षिया बालाकृष्ण झा,५५ वर्षिया इन्दु देवी र चालक रहेका छन् ।
दुर्घटनामा ४ जना नेपाली गम्भीर घाइते समेत भएका छन् । गम्भीर घाइते हुनेहरुमा ३० वर्षिय मनोहर ठाकुर, २५ वर्षिया कामिनी झा, ७ वर्षिया सृष्टि ठाकुर र ५० वर्षिया जगतारण देवी गम्भीर घाइते रहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

२०८१ माघ १९ गते
प्रतिक्रिया
सम्बन्धित