टी-२०आई शृंखला : तेस्रो खेलमा नेदरल्याण्ड्सको सामना गर्दै नेपाल


काठमाडौं । त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आइतबार आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
घरेलु टोली यसअघि नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो ।
यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । श्रृङ्खलामा नेपाल थाइल्याण्ड र नेदरल्याण्ड्स छन् । सहभागी तीन देशले एकआपसमा समान ३ पटक खेलेपछि शिर्ष स्थानमा रहने टिम च्याम्पियन हुनेछ ।
सिरिजमा नेपाली टोलीको बाँकी खेलतालिका
२ फेब्रुअरी (माघ २० गते) – नेदरल्याण्ड्ससँग
४ फेब्रुअरी (माघ २२ गते ) – थाइल्याण्डसँग
५ फेब्रुअरी (माघ २३ गते) – नेदरल्याण्ड्ससँग
७ फेब्रुअरी (माघ २५ गते)– थाइल्याण्डसँग
नेपाली महिला टोली
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर
