नेदरल्याण्ड्सले नेपाललाई दियो १ सय ४१ रनको लक्ष्य


काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन जोड्यो ।
नेपालका लागि सिता राना मगरले सर्वाधिक ५ विकेट लिइन् । ३ ओभर बलिङ गरेकी उनले १२ रन मात्रै खर्चेर ५ विकेट लिइन् ।
नेदरल्याण्ड्सका लागि ओपनर फेबे मोल्केनबोयरले २१ रन बनाइन् । स्टेरे कलिसले ८ रनको योगदान दिइन् ।
कप्तान बाबेट डे लीडेले सर्वाधिक ४१ रन बनाइन् । उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् ।
रोबिन रिजकेले २१ रन बनाइन् भने हेदर सिजर्सले २६ रनको योगदान दिइन् ।
अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । आइरिसले ७, इभा लिन्चले ३ रन बनाउँदा हन्ना लान्हीर शून्य रनमा आउट भइन् ।
क्यारोलिन डे लैङ्गले ३, सिल्वर सिजर्सले १ र इसाबेल भ्यान डेर वोनिङले २ रन बनाइन् ।
नेपालका लागि सिता राना मगरले सर्वाधिक ५ विकेट लिइन् । मनीषा उपाध्यायले २ विकेट लिइन् । कविता जोशी र इन्दु बर्माले समान १–१ विकेट लिइन् ।
