टाइगर कपको उपाधि आयोजक टोलीले जित्यो

काठमाडौं । टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि आयोजक टोली टाइगर ग्रुपले जितेको छ ।

पोखरा रंगशालास्थित आइतबार भएको फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोलीले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो ।

उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । फाइनलमा पराजित भएको एपिएफले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।

पहिलो सेट १७-२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१-२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५-१६ ले जित निकाल्दा खेल पाँचौँ सेट गएको थियो ।

पाँचौँ सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो । पाँचौँ सेटमा १५-१३ को जित निकाल्दै आयोजक टोलीले महिलातर्फको उपाधि जित्न सफल भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *