वर्षा कुँवरलाई ‘मिसेस व्यूटी क्वीन’को ताज

२०८१ माघ २३ गते

काठमाडौं । रियलस्टेट व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि जितेकी छन् । सिजन मिडियाले मंगलबार साँझ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उनले उपाधि हासिल गरेकी हुन् ।
करुणा विक ‘फष्ट रनरअप’ भइन् भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा भइन् । कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरिन् ।

२०८१ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित