तस्बिरमा बेतना सिमसारको प्राकृतिक सुन्दरता

काठमाडौँ । मोरङ जिल्लामा अवस्थित बेतना सिमसार नेपालकै एक प्रसिद्ध सिमसार हो । बेतना सिमसार क्षेत्र जीव तथा पक्षीको अध्ययन तथा अनुसन्धानको लागि उपयुक्त क्षेत्र मानिन्छ । यो आन्तरिक पर्यटनका लागि उपयुक्त छ ।
यहाँ जङ्गलको बिचमा ठुलठुला सिमसार रहेका छन् । यस सिमसारमा सयर गर्नका लागि डुङ्गा पनि राखिएको छ । यहाँ राज गिद्ध, अजिङ्गर, मृग, बाँदर, खरायो र विभिन्न प्रजातिका चराचुरुङ्गीहरू देख्न सकिन्छ । यहाँ थुप्रै वनस्पतिहरू पनि पाइन्छ । यहाँ सिमसारको बिचमा ठुलो कमिलाको सालिक राखिएको छ । जसले पर्यटकहरूलाई आकर्षित गर्दछ ।
बेतना सिमसार बिहान ६ बजे खुल्दछ । यहाँ प्रवेश गर्न प्रत्येक नेपालीलाई प्रतिव्यक्ति ३० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै मोटरसाइकल पार्क गर्नका लागी १० र बस तथा ट्रक पार्क गर्नका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । शान्त र सुन्दर ठाउँमा समय व्यतीत गर्दै प्रकृतिको नजिकबाट अध्ययन गर्नका लागि बेतना सिमसार उपयुक्त गन्तव्य हुनसक्छ ।
हेर्नुहोस् तस्बिरहरू :