तोरी फुलेर बारी पहेँलै… (तस्बिरहरु)
२०८१ माघ २४ गते

काठमाडौं । यो सिजन तोरीको हो । अहिले गाउँघरको बारीमा तोरी फुलेर पहेँलै देखिएको छ ।
गाउँ बस्तीका बारीमा ढकमक्क तोरीका फुलहरू देख्न सकिन्छ । ढकमक्क तोरीका फुलहरूले वातावरण पनि रमणीय बनेको छ ।
तनहुँको विभिन्न बारीमा अहिले तोरी फुलेर पहेँलै भएको छ । भमरा र मौरीहरू पनि तोरीको फुलको रस चुस्न झुम्मिइरहेका देख्न सकिन्छ ।
यति मात्रै होइन,तोरीको बाक्लो फुलहरूको बिचमा आन्तरिक तथा बाह्य पर्यटकहरू फोटो तथा भिडिओ खिच्न समेत आउने गर्दछन् ।
तोरीको फुल मन्दिर तथा विभिन्न पूजापाठमा चढाउने गरिन्छ । साथै तोरीको तेल पनि बहु उपयोगी मानिन्छ ।
खानका लागि होस् वा शरीरमा लगाउनको लागि होस् तोरीको तेल नै उपयोगी मानिन्छ ।
कम तापक्रम, सफा सुक्खा मौसम, प्रशस्त घाममा पनि तेल उत्पादन राम्रो हुने भएकोले तराई पहाड सबै ठाउँमा तोरी लगाइन्छ ।
२०८१ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित