कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

काठमाडौँ । सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन भएको छ ।

शनिवार काठमाडौंमा एक समारोहबिच कथा संग्रहको विमोचन गरिएको हो ।

इन्डिगो इन्कले प्रकाशनमा ल्याएको कथा संग्रहको विमोचन कार्यक्रममा डा. गीता त्रिपाठी, डा. महेन्द्र विष्ट, फूलमान बल लगायतका वक्ताहरूले आफ्नो धारणा गरेका व्यक्त गरे ।

कार्यक्रममा बोल्दै समिरले कथा लेख्न गाह्रो नभए पनि केही कुराहरुमा केही कमजोरी भएको छ की भन्ने महसुस भएको बताए । यो आफ्नो पहिलो कृति भएको बताए ।

उनले यसमा कुनै विवाद हुन्छ की भन्ने महसुस गरेपनि कथा पढिसकेपछि त्यसले शीर्षकको महत्त्व बुझिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *