१० करोड भ्यूज पाउने पहिलो लोकगीत बन्यो ‘अरेली काँडैले’

२०८१ माघ २६ गते

काठमाडौँ । ‘अरेली काँडैले मलाई च्वास्सै’ लोकगीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । यो सँगै यस गीतले कीर्तिमान रचेको हो ।
युट्युबमा १० करोड पटक हेरिएको यो पहिलो नेपाली लोकगीत हो ।
गत वर्षमा रिलिज भएको यस गीतमा शान्तिश्री परियारको स्वर, नेत्र अर्यालका शब्द रहेको छ ।
वसन्त थापाको ‘सालको पात टपरी’ र खेम सेन्चुरीको ‘अरेली काँडैले मलाई च्वास्सै’बीच १० करोड भ्यूजसहित पहिलो नेपाली लोकगीत बन्ने होड चलेको थियो ।
पछिल्ला केही सातामा सम्बन्धित गीतका कलाकारले भ्यूज बढाउन लिंकको धमाधम सेयर पनि गरिरहेका थिए ।
यसबिच ‘अरेली काँडैले’ १० करोड भ्यूज पाउने पहिलो लोकगीत बनेको हो ।

२०८१ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित