‘अरेली काँडैले’ र ‘रुकुमै कोट’ गीतले पायो १० करोड भ्यूज

काठमाडौं । ‘अरेली काँडैले मलाई च्वास्सै’ र ‘रुकुमै कोट’ गीत युट्युवमा १० करोड पटक हेरिएका छन् । गायिका शान्तीश्री परियारले आफ्नो स्वरमा रहेका गीतले १० करोड भ्यूज पाएपछि खुसी व्यक्त गरेकी छन् । ‘अरेली काँडैले मलाई च्वास्सै’ युट्युवमा १० करोड पटक हेरिने पहिलो नेपाली लोकगीत बनेको उनले बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यो मेरो लागी निक्कै खुशिको कुरा हो आदरणीय दर्शक श्रोता हरुको अगाध मायाँ पाएका कैयौँ गीत हरुमा मेरो स्वर मिसिएका छन, यो अर्थमा म अलि भाग्यमानि नै हुँ जस्तो पनि लाग्छ। कर्म र भाग्यको संयोग कहिन कहि राम्रै मिलेको छ जस्तो पनि लाग्छ। मैले गाएका केहि चलचित्रका गीत हरु पनि बजारमा निक्कै मन पराइएका छन तर रुकुम मैकोट मेरो आवाज द्वारा १० करोड पुग्ने पहिलो गीत बनेको छ ,१ दिनको फरकमा यी दुइ गीत हरु १०/१० करोड पुगेका छन् । अरेली काँडा लोक सङ्गित बाट १० करोड पुग्ने पहिलो गीत बनेको छ यो मेरो आफ्नै अफिसियल युट्युबाट सार्बजनिक म्यूजिक भिडिओ पनि हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *