दुःख दिने नियतले हालिएका उजुरीबारे अख्तियार सचेत हुनुपर्छ : यामलाल कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जम्मेवार बन्नुपर्ने बताएका छन् ।  दुःख दिने नियतले हालिएका उजुरीबारे अख्तियार सचेत हुनुपर्ने उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतद्वारा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले विकास निर्माण गर्दा आफूले पाए ठीक र अरुले पाए बेठीक भन्दै उजुरी दिने चलनको अन्त्य हुनुपर्ने बताए । विकास निर्माणका काममा सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड थियो ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले अख्तियारको भूमिका बदल्नुपर्ने बताए । अख्तियारले गरेका काम अदालतबाट उल्टिएका उल्लेख गर्दै उनले यी विषयमा छलफल हुनुपर्ने बताए ।

समाजमा डरको आभास नभएमा त्यो समाज छाडा हुने प्रदेश प्रमुख जोशीले बताए । राज्यका नियमनकारी निकाय बलिया हुनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *