बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा

२०८१ माघ २८ गते

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको केही समयमै ट्रेन्डिङमा स्ट्रिमिङ भएको छ ।
यो समाचार तयार पार्दासम्म २ लाख १० हजार भ्यूज नाघेको छ । सोही अवधिमा साढे ६ हजार बढी कमेन्ट प्राप्त भएका छन् भने ७६ भन्दा धेरैले लाइक गरेका छन् ।
यस गीतमा बालेनकै शब्द, कम्पोज र र्याप रहेको छ । मेयर बालेन र्यापर समेत हुन् । यस गीतलाई ‘प्रमोसनल सङ’ का रूपमा दर्शकमाझ ल्याइएको निर्माण टिमले जनाएको छ ।
सार्वजनिक गीतमा चलचित्रकै कथावस्तुलाई देखाइएको छ । जसमा केही मुख्य कलाकारहरू फिचर्ड छन् ।

२०८१ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित