भारतमा सडक दुर्घटनामा परी सात श्रद्धालुको मृत्यु

२०८१ माघ २९ गते

नयाँदिल्ली । भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
उक्त दुर्घटना राज्यको जबलपुर जिल्लामा भएको हो । मृतक दक्षिणी राज्य आन्ध्र प्रदेशका थिए । उनीहरू उत्तर प्रदेशमा चलिरहेको आध्यात्मिक चाड महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए ।
स्थानीय प्रहरीका अनुसार ट्रक तीव्र गतिमा सडकको गलत दिशामा गुडिरहेको थियो ।

२०८१ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित