टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ शुभ मुहूर्त, अशोक दर्जी मुख्य भूमिकामा


काठमाडौँ । गायक एवं संगीतकार टंक बुढाथोकीले चलचित्र निर्माण तथा निर्देशन गर्ने भएका छन् ।
उनले ‘मन बिनाको धन’ चलचित्र निर्माण तथा निर्देशन गर्न लागेको हुन् ।
आज उक्त चलचित्रको शुभ मुहूर्त गरिएको छ ।
शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै चलचित्रको मुहूर्त गरिएको हो ।
सरोज खनालले क्ल्याप, युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए भने बाल गायक तथा कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहूर्त शर्ट दिएका थिए । चलचित्रको आजबाट नै छायांकन सुरुवात गरिएको छ ।
यस चलचित्रमा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहनेछ ।
चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ ।
चलचित्रको निर्माता विष्णु माया मैनाली र सह निर्माता जीपी संग्रौला,लक्ष्मी गिरि,विवेक नेपाल विजया पाण्डे हुन् भने मिनु शर्मा (सपना)कार्यकारी निर्मातामा रहेका छन् ।
चलचित्रमा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन,कविराज गहतराजको कोरियोग्राफी,मित्र डी।गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहने छ ।
