देशलाई विश्वसामु चिनाउन खेलाडीको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले देशलाई विश्वसामु चिनाउन खेलाडीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

जिल्ला खेलकुद विकास समितिद्वारा आज सिम्ता गाउँपालिका सुर्खेत आयोजित १६औँ सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दैै मुख्यमन्त्री कँडेलले कम स्रोत र साधनबीच खेलाडीहरूको मेहनतले देशलाई नै विश्वसामु चिनाएको बताए ।

विद्यालयले खेलकुदका माध्यम विद्यार्थीहरूलाई असल नागरिक बनाउन खेल क्षेत्रको ठूलो योगदान रहेको उनले जनाए । खेलकुदसहित समग्र क्षेत्रको विकासका लागि जनतादेखि राजनीति दल मिल्नुको विकल्प नभएको मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि अनवरत पहल भइरहेको बताए । खेलाडीको जीवन रक्षाका निम्ति प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट लागू हुनेगरी कर्णालीका सबै खेलाडीहरूको बिमा गरिदिने प्रतिबद्धता उनले जनाए ।

त्यसैगरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट हुने जानकारी गराउँदै पूर्वप्रस्तावित मितिमै उक्त प्रतियोगिता सञ्चालन हुने विश्वास दिलाए ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य खड्गबहादुर पोखरेल, सुर्खेतका नौवटै स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षहरूको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *