अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता : नेपालले कीर्गिस्तानलाई हरायो

काठमाडौं । सोमबारबाट काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले कीर्गिस्तानलाई हराएको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफको खेल सकिँदा नेपालले गरेको एक गोल नै निर्णायक गोल बन्यो ।नेपालले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कीर्गिस्तानविरुद्ध १–० को जित निकाल्दै सुखद सुरुवात गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई जीत दिलाउन विमला चौधरीको गोल नै निर्णायक बन्यो। पहिलो हाफको १०औँ मिनेटमा बिमला चौधरीले हेडर मार्फत गोल गर्दै घरेलु समर्थकमाझ आफ्नो टोलीलाई अग्रता दिलाएकी थिइन् ।

खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको नेपालले करिब आधा दर्जन गोलका अवसरको सदुपयोग गर्न सकेन । र एक सुन्यको गोलमा चित्त बुझाउनु परेको थियो। जितसँगै तीन अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

समान खेलबाट समान अंक जोडे पनि म्यानमार गोलआधारमा नेपालभन्दा माथि छ । आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल र कीर्गिस्तानसँगै म्यानमार र लेबनानको सहभागिता छ । यसअघि आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानविरुद्ध ३–१ को जित निकालेको थियो ।

यता नेपाली महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङ र प्रीति राईले दोस्रो हाफमा योजनाअनुरूप खेल्न नसकेको बताइन् । किर्गिस्तानसककंगको खेलमा १–० को जितपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक तामाङले पहिलो राम्रो खेल पनि दोस्रो हाफमा योजना अनुरुप खेल्न नसकेको बताएका हुन् ।

उनले भने समग्रमा जित भयो । पहिलो हाफमा धेरै राम्रो अवसरहरू बनायौं र गोल पनि गर्यो । दोस्रो हाफमा भने राम्रो हुन सकेन । साबित्रा भण्डारीलाई दोस्रो हाफमा मैदान पठाएर आक्रमण बढाउने योजना बनाए पनि सफल भएन । साबित्रा आजै नेपाल आए पनि अर्को खेलको तयारी गर्न उनलाई पहिलो खेलमा अवसर दिएको प्रशिक्षक राजेन्द्रको भनाइ छ ।

नेपाली टोलीकी मिडफिल्डर प्रीतिले पहिलो खेलमा जित निकाले पनि समग्रमा राम्रो खेल्न नसकेको बताइन् । उनले दोस्रो हाफमा फरमेसन परिवर्तन गरेपछि राम्रो खेल्न नसकेको उल्लेख गरिन् । हामीले त्यो फरमेसनमा तयारी गरे पनि खेल्न सकेनौं ।

गोल र टोलीको प्रदर्शन हेर्दा आफ्नो टोलीले धैरे सुधार गर्न सक्ने उनको अपेक्षा थियो ।किर्गिस्तानका प्रशिक्षक नेमातझान जाकिरोभले बलियो टोलीनेपालविरूद्धको खेल कठिन रहे पनि राम्रो फुटबल खेल्ने प्रयास गरेको बताए । उनले नेपालको खेल उनीहरूले तीव्र गतिमा थियो । हाम्रो टोली युवा थियो र हामीले राम्रो खेल्ने प्रयास गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *