नाडाको सहयोगमा पोखरामा वाडा अटो शो हुने

काठमाडौँ । पोखराको प्रदर्शनीकेन्द्रमा नाडा प्रिजेण्टस् वाडा अटोशो २०२५ आयोजना हुने भएको छ । चैत्र १४ देखि १७ गतेसम्म हुने उक्त अटोशोमा वाडाले आजदेखि बुकिङ्ग खुल्ला गरेको छ ।

विसं २०८१ पौष २० गते काठमाडौँमा नाडाले आफ्नो संस्थागत (प्रदेश) सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी तथा सदस्यहरू बिच पोखरामा पहिलोपटक वाडा अटोशो आयोजना गर्ने सम्बन्धमा काठमाडौँमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो सो आयोजना गर्न लागिएको जनाइएको छ । नाडा प्रिजेण्टस् वाडा अटो शोमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारजे उपकरणहरूलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरूप रजिस्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विशेष योगदान पुर्याउदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५ ले सकारात्मक ऊर्जा एवं नविनतम् प्रविधिहरूको साक्षात्कार गराउने वाडाले अपेक्षा समेत राखेको छ । यसै क्रममा नाडाले सम्भाव्यता अध्ययनगरी आफ्ना प्रदेश एशोसिएशनहरु मार्फत नेपालका अन्य मुख्य मुख्य सहरहरूमा अटो प्रदर्शनीको आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *