केवलकार विवाद : पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लागू

काठमाडौं । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर बढ्दो तनावका कारण जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । पछिल्लो एक महिनादेखि निर्माण समर्थक र विरोधी समूहहरूबीचको विवाद तीव्र बनेपछि प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) अनुसार निषेधाज्ञा लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी गरेको आदेशअनुसार, भोली मिति २०८१ फागुन ११ गते बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लागू रहनेछ । निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न नपाइने आदेशमा उल्लेख छ ।

आदेशको अवज्ञा वा उल्लंघन गर्ने व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । शान्ति सुरक्षालाई कायम राख्न तथा कुनै अप्रिय घटना हुन नदिन प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *