मिङमार सिङगी तामाङ र सन्तोषी श्रेष्ठले जिते शाइन रेसुङ्गा राष्ट्रिय दौडको उपाधि


काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित १० किलोमिटर राष्ट्रिय दौड प्रतियोगिता उत्सवका रूपमा सम्पन्न भएको छ ।
तीन विधामा १६ सय जनाले नाम दर्ता गराएकामा ६ सयजनाले प्रतिस्पर्धा गरेका थिए । बैंकको प्रधान कार्यालय कालिकानगरमा ब्याण्डबाजाको संगीत सहित उद्घाटन भएको प्रतियोगितामा निकै उत्साहजनक सहभागिता थियो । ‘रन टु शाइन’ नाराका साथ बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा १० किलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशि सहित बैंकले यो प्रतियोगिता गरेको हो ।
प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन् । ‘रन टु शाइन’ नाराका साथ शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा बुटवलमा सम्पन्न प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक– एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
बुटवलमा सम्पन्न प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक– एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सन्तोषीले निर्धारित दुरी ३६ दशमलव २१ सेकेन्डमा पूरा गरिन् भने मिङमारले ३१ मिनेट ५३ सेकेण्डमा पूरा गरेका थिए । पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथो र नारायणी भण्डारी पाँचौँ बनिन् ।
पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सञ्जीव नेपाली चौथो र अक्कल बडुवाल पाँचौँ भए । दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोंले १५ हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, स्थानीय पाँच किलोमिटर दौडमा शिव रायमाझी र पूजा पछाई विजेता बनेका छन् । पुरुषमा अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथो बने ।
महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौँ बने । यस्तै भेट्रान्समा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुबेदी दोस्रो बनेका छन् । पुरुषतर्फ युव बहादुर राना प्रथम, गोविन्द थापा दोस्रो, केशर सिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथो भएका छन् । दुवै विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।
बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक पुगेर केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स एसोसियसनले स्वीकृति प्रदान गरेका थिए । विजयी धावकहरूलाई प्रतियोगिताका सद्भावना दुत अन्तर्राष्ट्रिय ओलम्पिक विजेता धावक बैकुण्ठ मानन्धर, प्रदेश सांसद एवं पुर्व मन्त्री विष्णु पन्थी, बैंकका अध्यक्ष थानेश्वर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पुरस्कार वितरण गरेका छन् ।
काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास यो बैंकको अधिकृत पुँजी रु ८ अर्ब, जारी पुँजी ४ अर्ब ८७ करोड र चुक्ता पुँजी पनि ४ अर्ब ८७ करोड रहेको छ । २०८१ पौष मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार निक्षेप संकलन रु. ६९ अर्ब ७२ करोड बचत निक्षेप ३६.९३ प्रतिशत, मुद्दती निक्षेप ५६.७४ प्रतिशत, कल चल्ती तथा अन्य ६.३३ प्रतिशत रहेको छ ।
कर्जा लगानीतर्फ रु. ५७ अर्ब ४९ करोड रहेको छ । जसमा व्यापार कर्जा १८.९१ प्रतिशत, कृषि कर्जा ५.९१ प्रतिशत, आवास निर्माण कर्जा ३.८२ प्रतिशत, विपन्न वर्ग कर्जा ५.८९ प्रतिशत, जग्गा खरिद कर्जा ४.९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.८५ प्रतिशत, उद्योग कर्जा १४.२१ प्रतिशत, उपभोग्य कर्जा २०.३५ प्रतिशत, हायरपर्चेज कर्जा १.४८ प्रतिशत रहेको छ भने अस्पताल, शिक्षा आदीमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्षमा २०८०/०८१ मा ब्याजकर, पारिश्रमिक कर लगायत अन्य शीर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ रु. ३५ करोड ५७ लाख ८० हजार, आयकर तर्फ रु. ३७ करोड ०६ लाख ६६ हजार गरी कुल रु ७२ करोड ६४ लाख ४६ हजार सरकारी कोषमा जम्मा गरेको छ । चालु आ.व. २०८१/८२ को पौष मसान्त सम्म अग्रिम आयकर तर्फ रु १७ करोड ९८ लाख ७३ हजार र ब्याजकर, पारिश्रमिक कर, लाभांश कर लगायत अन्य शीर्षकमा गरी श्रोतमा कर कट्टी तर्फ रु. १६ करोड ९३ लाख ६४ हजार गरी कूल ३४ करोड ९२ लाख ३७ हजार जम्मा गरिएको छ । बैंकमा ९७० जना कर्मचारी छन् ।
विभिन्न अवार्ड प्राप्त बैंकले आर्थिक वर्ष २०८०/०८१ मा इण्डियन च्याम्बर अफ कमर्सवाट आयोजित दोस्रो इमर्जिङ एशिया बैंकिङ अवार्डमा बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी, बेस्ट पर्फमेन्स अन ग्रोथ र बेस्ट बैंक शीर्षकमा रनर उपाधिबाट सम्मानित भएको थियो । यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा नेसनल बेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा सर्टिफिकेट अफ मेरिट र न्यु बिजनेश एज प्रा.लि. वाट बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इअर २०२४ वाट सम्मानित भएको थियो ।
१६ हजार बृक्षरोपण सामाजिक उत्तरदायित्व अन्तर्गत गो ग्रीन प्रोजेक्ट अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका एक हजार रुख बिरुवा रोपेको छ । आर्थिक वर्ष २०७९/८० मा १५ हजार रुख बिरुवा रोपिएकोमा कूल १६ हजार रुख बिरुवा रोपी सोको संरक्षण समेत गर्दै आएको छ ।
११५ वटा वित्तीय साक्षरता कार्यक्रम वित्तीय साक्षरता तर्फ आर्थिक वर्ष २०८०/८१ मा बैंकले विभिन्न स्थानहरूमा ११५ वटा कार्यक्रमहरू गरेको छ । उक्त कार्यक्रममा ५,९८३ कर्मचारी, किसान, साना तथा मझौला व्यवसायी, सम्भावित वैदेशिक रोजगारीमा जाने कामदार, विद्यार्थी, रेमिटेन्स प्राप्तिकर्ताहरू र युवाहरूको प्रत्यक्ष सहभागिता रहेको थियो ।
बैंकका अध्यक्ष थानेश्वर पौडेलले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा वृद्धि गर्ने, कर्जाको गुणस्तरमा विशेष ध्यान दिई ग्रामीण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरूमा लगानी विस्तार गर्ने, डिजिटल कारोवारलाई थप सुव्यवस्थित गर्दै जाने योजना बनाएको छ ।
