अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपालले दोस्रो पटक गर्यो गोल

२०८१ फागुन ११ गते

काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीच पहिलो हाफ बराबरीमा सकिएको छ । आइतबार साँझ दशरथ रंगशालामामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले दुई दुई गोल गरेका हुन् ।
नेपालकी सावित्रा भण्डारीले ४१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काएकी हुन् ।
जारी खेलमा नेपालविरुद्ध म्यानमारले दोस्रोपटक अग्रता लिएको थियो । खेलको १६ औं मिनेटमा म्यानमारले दोस्रो गोल गरेको हो । यसअघि म्यानमारले छैटौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।
तर, खेलको ११औं मिनेटमा सावित्रा भण्डारीको पासमा सविता रानामगरले गोल गर्दै खेल बराबरीमा फर्काएकी थिइन् । १६औं मिनेटमा म्यानमारले पुनः अग्रता लिएको थियो ।

२०८१ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित