कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी

काठमाडौं । कमेडियन सजन श्रेष्ठले आफू र आफ्नो परिवार असुरक्षित रहेको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले आफूलाई रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट गम्भीर धम्की प्राप्त भएको खुलासा गरेका हुन् ।

उनले धम्कीले आफ्नो मात्र नभई दिदीहरूलाई समेत लक्षित गर्दै बलात्कारसम्मको धम्की दिएको दाबी गरेका छन् । सजनले सामाजिक सञ्जालमा प्रहरीलाई दिएको निवेदनसमेत सार्वजनिक गर्दै दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कानुनी कारबाही गर्न माग गरेका छन् । उनका अनुसार, फागुन ४ गते फेसबुकमा अपलोड गरेको एक भिडियोपछि रिदय ताम्राकार नामक प्रोफाइलले उनको परिवारको फोटो राखेर गम्भीर धम्की दिएको थियो ।

यसअघि, सजन श्रेष्ठसहित कमेडियन उत्सव सापकोटा, सुजन जिम्बा र पडकास्ट प्रस्तोता सुशान्त प्रधानविरुद्ध गायक कुमा सागरलाई गिज्याएको आरोपमा उजुरी परेको थियो । सो विवादपछि सजनले भिडियोमार्फत सार्वजनिक रूपमा माफी मागिसकेका थिए । तर, माफी मागेपछि पनि उनलाई धम्की आइरहेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *