सिटिजन लाइफले जित्यो प्रतिष्ठित कर्पोरेट एक्सिलेन्स अवार्ड

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले HRM नेपाल द्वारा आयोजित “अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४” मा लाइफ इन्स्योरेन्स विधामा प्रतिष्ठित कर्पोरेट एक्सिलेन्स अवार्ड हात पार्न सफल भएको छ । विभिन्न सूचांक, वित्तीय प्रदर्शन, र सुशासनका आधारमा उत्कृष्टता प्रदर्शन गर्दै, सिटिजन लाइफले अन्य प्रतिस्पर्धी जीवन बीमा कम्पनीहरूलाई पछि पार्दै यो सम्मान प्राप्त गरेको हो ।

फाल्गुण १३ गते, मङ्गलबार, आयोजित एक भव्य समारोहमा, सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बी. सी. लाई आयोजक संस्थाले औपचारिक रूपमा अवार्ड प्रदान गर्यो ।

सुरुवाती चरणदेखि नै, सिटिजन लाइफ इन्स्योरेन्स नेपालमा बीमाको दिगो विकास रणनीति अपनाउँदै सर्वसाधारणको पहुँचमा बीमा सेवा विस्तार गर्दै आइरहेको छ । छोटो समयमै, उत्कृष्ट सेवाका कारण सिटिजन लाइफ देशकै अग्रणी बीमा कम्पनीहरूमध्ये एक बन्न सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *