एकसाथ ३ चलचित्र प्रदर्शनमा


काठमाडौँ । आज एकसाथ ३ चलचित्र प्रदर्शनमा आएको छ ।
महाशिवरात्रीको अवसर पारेर देशभर चलचित्र ‘मायावी’, ‘फेरि रेशम फिलिलि’ र ‘लाज शरणम्’ प्रदर्शनमा आएको हो ।
चलचित्र फेरि रेशम फिलिलिलाई निरज महर्जनले निर्देशन गरेका हुन् । फिल्ममा विनय, सुपुष्पा, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो फिल्ममा ‘रेशम फिलिली’ का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।
त्यस्तै चलचित्र ‘मायावी’मा निर्देशक दीवाकर भट्टराई हुन् । फिल्ममा पल, दीपिका र समिमसँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, राजाराम पौडेल, रमा प्रसाईं लगायतको अभिनय छ ।
चलचित्र ‘लाज शरणम्’ लाई भने लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको हो । यस चलचित्रमा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुसं) छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।
विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।
