अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप

नेपाललाई हराउँदै म्यानमारले जित्यो उपाधि

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाललाई हराउँदै म्यानमारले उपाधि जितेको छ । उपाधिका लागि बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा म्यानमारले खेलको दोस्रो हाफमा २-० गोलअन्तरले उपाधि जितेको हो ।

म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । ६२औं मिनेटमा लेफ्टसाइडबाट यु पर कियाङले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि विङ तेइन्जी तुनले म्यानमारको अग्रता दोब्बर पारेकी थिइन् ।

नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन् ।

३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी गोलकिपरले बचाइन् । त्यसपछि भएको रिबाउन्डमासमेत नेपालले गोल गर्न सकेन ।

४४औँं मिनेटमा रेणुका नगरकोटीको क्रसलाई म्यानमारकी गोलकिपरले फुत्काएपछि साम्बा र रेखाले बल जाली चुमाउन सकेनन् । नेपालले यसअघि कीर्गिस्तान र लेबनानलाई हराउँदै फाइनल पुगेको थियो । फाइनलमा पराजित भएपछि नेपालको उपाधि जित्ने सपना फेरि अधुरै रह्यो ।

नेपालले लिग चरणमा कीर्गिस्तान र लेबनानलाई १-० ले हराएको थियो। म्यानमारसँग २-२ को बराबरी खेलेको थियो। म्यानमारले लिग चरणमा लेबनानलाई ३-१ ले र कीर्गिस्तानलाई ५-० ले हराएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *